• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा ढुंगेसाँघु मेला सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
January 14, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ ढुंगेसाँघुमा ऐतिहासिक ढुंगेसाँघु मेला सम्पन्न भएको छ । माघेसंक्रान्तिको दिनमा यहाँ हरेक वर्ष ढुंगेसाँघु मेला लाग्ने गर्दछ ।
पोखरा-१५ र १७ लाई जोड्ने ढुंगाको पुल रहेकोले त्यसलाई ढुंगेसाँघु भन्ने गरिएको बताइन्छ ।

माघेसंक्रान्तिका दिनभर सेती नदीमा स्नान गर्ने, सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरमा पूजा गरिएको थियो । साथै मेलामा कुटो, कोदालो, मान्द्रो, हसिँया नाङ्लो, भाँडाकुँडा, लत्ताकपडा किन्नेको भीड लागेको थियो ।

यो मेला अन्य भन्दा फरक छ । यहाँ प्रचारप्रसार बिनै हजारौँ सहभागी हुने गर्दछन् । भगवान राम र सीताले माघेसंक्रान्तिको दिनमा यस क्षेत्रमा बसेर खाजा खाएको धार्मिक विश्वास छ ।

त्यसैले सखर, चिउरा, तरुल खानेगरी मेलाको आयोजना गर्न थालिएको किंवदन्ती छ । मेलाको आकर्षणमा घरायसी सामानको बिक्री, मन्दिरको दर्शन र खेलकुद प्रतियोगिता हुने गर्दछ ।

पहिला माघेसंक्रान्तिको अवसरमा तीन, चार दिन मेला लग्ने गरे पनि पछिल्ला समयमा एक दिनमात्र मेला हुँदै आएको छ ।

यस वर्ष पोखरा महानगरपालिकाले मेलामा कन्दमूलको प्रदर्शनी गरेको थियो । बागवानी अनुसन्धान केन्द्र मालेपाटनसँगको साँझेदारीमा मन्दमूल प्रदर्शनी गरिएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

कास्कीसहित छिमेकी जिल्लाबाट किसान आउने भएकोले उनीहरुलाई कन्दमूका विषयमा जानकारी गराउन महानगरपालिकाले कन्दमूलको प्रदर्शनी गरेको जनाएको छ ।

सरकारले माघ १ गतेलाई जैविक विविधता दिवससमेत घोषणा गरेकोले लोप हुन लागेका स्थानीय र पुराना हराइसकेका तरकारी फलफूल अन्नलगायतलाई एकै ठाउँमा राखेर प्रदर्शनी गरिएको कडरियाले बताए ।

कडरियाले हराइसकेका वस्तुलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न जरुरी भएको भन्दै महोत्सवमा कन्दमूल प्रदर्शनी गर्नुपरेको बताए । किसानका उत्पादनको प्रदर्शनी मात्र होइन उनीहरूबीच प्रतिष्पर्धा गराएर उत्कृष्टलाई पुरस्कृतसमेत गरिने उनले बताए ।

मेलामा सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर समितिले भजन प्रतियोगिता आयोजना अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए ।

भण्डारीकै अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-१७ की वडाध्यक्ष राधिका शाही योगीसहित जनप्रतिनिधि सहभागी थिए । भजन प्रतियोगिताको निर्णायक संयोजकमा संगीतकर्मी नवराज बराल थिए ।

मेलाकै अवसरमा कराँते प्रतियोगिता समेत सम्पन्न भएको बताइएको छ ।

Previous Post

पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता

Next Post

पोखराको डेभिडफल्स महानगरको नियन्त्रणमा

Next Post

पोखराको डेभिडफल्स महानगरको नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन