• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज श्रीगणेशको प्रिय तथा माघेसंक्रान्तिको दिन, तपाईंको राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
January 14, 2025
in धर्म/संस्कृति, समाचार
0
फाइल तस्बिर

फाइल तस्बिर

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ माघ १ गते मंगलबार, इस्वीसंवत जनवरी १४ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको प्रतिपदा तिथि रातिमा ३ः३९ बजेसम्म त्यसपछि द्धितीया तिथि लाग्नेछ । नक्षत्रमा पुनवर्सु बिहानमा १०ः५१ बजेसम्म त्यसपछि तिष्य नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा विष्कुम्भ ५२ घटि ४७ पलासम्म त्यसपछि प्रीति लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा स्थिर रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा कर्कट राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि १६ पला अर्थात १० घण्टा ३४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५८ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः२८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ५ः५३ बजे र अस्ताउने समय भोलि बिहान ७ः२० बजे रहेको छ । आज माघे संक्रान्ति, चाकु खाने दिन, उत्तरायण आरम्भ ।

आजको राशिफल

मेष : आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले काम समयमा सम्पन्न हुँदैनन् । पढाईलेखाईमा एकरुपता नहुँदा अरुभन्दा परिनेछ । प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ । बिहानको समय भन्दा बेलुकाको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेको छ ।

वृष : आज समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोत बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तु प्राप्तिको गतिलो योग रहेको छ । लामो समयदेखि भेट नभएका मित्रसँग भेट हुनेछ भने मायाप्रेममा आत्मीयता बढोत्तरी हुनेछ । रमाईलो यात्र तय हुनेछ । विद्यार्थीले अध्ययनमा सफलता पाउनेछन् । गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

मिथुन : आज समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउँदा थालेका काम बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन । सोचे जस्तो आम्दानी नहँुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यही बेलामा आम्दानीका बाटा साँघुरा हुनेछन् । लामो दुरीको यात्रामा पनि समस्या हुने देखिएको छ । दिनमा ३ बजेपछिको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्य धन आर्जन गर्न सकिनेछ ।

कर्कट : आज समय निकै महत्वपूर्ण छ । आफन्त तथ मावली पक्षको सहयोग पाईने हुनाले काम गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिने छ । व्यापारमा बढोत्तरीको योग छ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णय तपाइँकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेका लागि समय उत्तम रहेको छ ।

सिंह : आज समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला, किनकी ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यवसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । विद्यामा सोचेजस्तो प्रगति गर्न बढी नै समय दिनुपर्ने देखिन्छ । सामान्य स्वास्थ्य सम्बन्धित समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनेछ ।

कन्या : आज समय राम्रो छ । विभिन्न अवसर आउने हुँदा त्यसलाई समात्न सके मनग्य आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रशन्न हुनेछन् । छोटो तथा रमाइलो यात्राको अधिक सम्भावना छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुनाले घर परिवारमा खुशियाली छाउनेछ ।

तुला : आज समय मध्यम खालको छ । दाजुभाइ तथा छिमेकीसँग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला, भविष्यमा विवाद सिर्जना हुन सक्छ । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धित सामान्य समस्याले सताउन सक्छ, ध्यान दिनुहोला । अध्ययनमा रुचि नजाँदा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिने छ ।

वृश्चिक : आज समय उपयुक्त छैन । साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ । स्वास्थ्य सम्बन्धित समस्या आउन सक्छ, ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आइलाग्न सक्छ । मानसम्मान तथा प्रतिष्ठामा कमी महसुस हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु : आज समय भरपर्दो रहने छैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ, ध्यान दिनुहोला । अप्रिय समाचारले दुखी बनाउनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्ने छ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ भने तपाईंले शुरु गर्नुभएको काममा बाधा तथा अवरोध खडा गर्ने छन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले तपाइँलाई सताउनेछ ।

मकर : आज पनि स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिने छ । नौलो प्रकृतिको काम गरी आय स्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । विभिन्न किसिमका भौतिक लाभ हुनेछन् भने सवारीसाधन प्राप्तिको योग रहेको छ । मध्यान्हपछि लामो दुरीको विदेशको यात्रा तय हुनेछ । खानपानमा ध्यान दिनुहोला र सामान्य स्वास्थ्य सम्बन्धित समस्या आउन सक्छ, सतर्क हुनुहोला ।

कुम्भ : आज पनि दिन तथा समय राम्रो छ । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले काम बन्ने छन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईंकै वर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

मीन : आज समय खराब छ । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मध्यान्हदेखि पुरानो रोग तथा समस्या स्वतः ठीक भएर जानेछ । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्रपंतिमा तपाईंको नाम आउनेछ ।

साहित (यात्रा) : सूर्य मकर राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले आज पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः५५ बजेदेखि ८ः१५ बजेसम्म रोग बेला
बिहान ८ः१५ बजेदेखि ९ः३४ बजेसम्म उद्धेग बेला
बिहान ९ः३४ बजेदेखि १०ः५३ बजेसम्म चर बेला
बिहान १०ः५३ बजेदेखि १२ः१३ बजेसम्म लाभ बेला
दिनमा १२ः१३ बजेदेखि १ः३२ बजेसम्म अमृत बेला
दिनमा १ः३२ बजेदेखि २ः५१ बजेसम्म काल बेला
दिनमा २ः५१ बजेदेखि ४ः१० बजेसम्म शुभ बेला
दिनमा ४ः१० बजेदेखि ५ः३० बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः३० बजेदेखि ७ः१० बजेसम्म उद्धेग बेला
साँझ ७ः१० बजेदेखि ८ः५१ बजेसम्म चर बेला
राति ८ः५१ बजेदेखि १०ः३२ बजेसम्म लाभ बेला
राति १०ः३२ बजेदेखि १२ः१२ बजेसम्म अमृत बेला
राति १२ः१२ बजेदेखि १ः५३ बजेसम्म काल बेला
राति १ः५३ बजेदेखि ३ः३४ बजेसम्म शुभ बेला
रातिमा ३ः३४ बजेदेखि ०५ः१५ बजेसम्म रोग बेला
रातिमा ०५ः१५ बजेदेखि ६ः५५ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँः राष्ट्रपति पौडेल

Next Post

आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Next Post

आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन