पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ ।
मूल्य घट्सँगै आज सुनको भाउ एक लाख ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन सोमबार एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा भने एक लाख ५५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।
यस्तै आज असली चाँदीको मूल्य ४० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै आज चाँदीको भाउ एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी एक हजार आठ सउ ६० रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा चाँदीको भाउ एक हजार आठ सय ५० रुपैयाँँ कायम भएको छ ।






