सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । बेहुलासहित ५२ जना घाइते भएका छन् । बेहुलासहित घाइते भएका धेरैको घटनास्थलमै प्राथमिक उपचार भएको छ । अलि गम्भिर घाइलेहरुको भने सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।
दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ स्थित पिस्कर जन्ती बोकेर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस शुक्रबार बिहान साढे सात बजे त्रिपुरासुन्दरी गाउँपालिका– ५ धारावतीमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा ज्यान गुमाएका तीन जनामध्ये दुई जनाको मात्रै परिचय खुलेको छ । ज्यान गुमाउनेमा दोलखाको भिमेश्वर–१ का १७ वर्षका शिव श्रेष्ठ र ७० वर्षका मानबहादुर थामी रहेका प्रहरीले जनाएको छ । अर्का एक जना परिचय नखुलेका अन्दाजी १८÷१९ वर्षका युवक रहेका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जन्कारी दिएको छ ।