Latest
Next
Prev

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा राष्ट्रिय सभाले गरेको संशोधन स्वीकृत

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेको छ ।


सोमवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनःविचार गरियोस् भन्ने प्रश्ताव पेश गर्नुभएको थियो । सोही प्रश्तावमाथि छलफल गरी प्रतिनिधि सभाले उक्त संशोधन स्वीकृत गरेको हो । त्यस्तै प्रतिनिधि सभामा राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन आ.व. २०७९÷८० पेश पनि भएको छ ।
प्रतिनिधि सभाको आगामी बैठक असार २५ गते मंगलबवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist