‘राष्ट्रिय सभावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९÷८०)’ प्रतिनिधि सभामा पेश गरिएको छ ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गर्नुभएको हो । संवैधानिक आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार सो वार्षिक प्रतिवेदन पनि पेश गरिएको हो ।