• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पृथ्वीनारायण क्याम्पसमा ‘कमल’ को माहोल

नीतिप्रेस by नीतिप्रेस
March 22, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । राजनीतिक खिचातानीले दुई पटक रोकिएको पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्वावियु) निर्वाचन आइतबार हुँदैछ ।

पृथ्वीनारायण क्याम्पस देशकै ठूलो क्याम्पस भएकाले पनि यहाँको चर्चा राष्ट्रिय स्तरमै चलेको छ । अझ भन्ने हो भने पर्वतका कमल सुवेदीले स्ववियु अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएपछि चर्चा र चासो ह्वात्तै बढेको छ । क्याम्पसमा पनि सुवेदीको चर्चा चुलिँदै गएपछि दलका भातृ संगठनका उम्मेद्वारलाई टाउको दुखाईको विषय बनेको छ ।

पोखराकै अन्य क्याम्पसमा पनि स्वतन्त्र उम्मेद्वारले नै बाजी मारिरहेको अवस्थामा पिएनसीमा पनि स्वतन्त्र उम्मेद्वार कमलमाथि धेरैको नजर छ ।

यो स्ववियु निर्वाचनलाई नजिकबाट नियालिरहेका पृथ्वीनारायण क्याम्पसमै अध्ययनरत विद्यार्थी दीपक शर्मा लामो समयदेखि पृथ्वीनारायण क्याम्पसलाई राजनीतिक थलो बनाई राजनैतिक खिचातानी र अनेक बहानामा क्याम्पसमा पढाइ बन्द गर्नु, विद्यार्थीलाई सहज भन्दा झन् असहज परिस्थिति बढ्दै गएपछि स्वतन्त्रको माहोल बढ्दै गएको बताउँछन् ।

पृथ्वीनारायण क्याम्पसलाई ‘डिजिटल पिएनसी’ निर्माण गर्ने लक्ष्यका साथ निर्वाचनमा होमिएका कमल सुवेदीलाई सबै विद्यार्थीले विवेक प्रयोग गर्नुपर्ने र दलका भातृ संस्थाका नेतालाई पाठ सिकाउनुपर्ने शर्माले जोड छ ।

यता, स्वतन्त्र उम्मेद्वार कमल सुवेदीले पृथ्वीनारायण क्याम्पस राजनीतिक क्रीडास्थल बन्दै गएकाले आफू टुलुटुलु हेरेर बस्न नसकेको बताउँछन् । शैक्षिक क्षेत्रमा विद्यार्थीको हितका लागि स्वतन्त्र व्यक्तिले नै काम गर्न सक्ने भएकाले आफू चुनावी मैदानमा उत्रिएको उनी बताउँछन् । क्याम्पसमा मेरिटोक्रेसी लागू हुर्नुपर्ने उनको जोड छ ।

२०७४ सालदेखि अनवरत क्याम्पसमा रहेका सुवेदी हाल स्नातकोत्तरतर्फ राजनीतिक शास्त्र र स्नातकतर्फ कानूनका विद्यार्थी हुन् । उनी निरन्तर विद्यार्थीका समस्या समाधानका लागि लड्दै आइरहेका छन् ।

दलका भातृ संगठनविहीन क्याम्पस निर्माणको आफ्नो मुख्य मुद्दा भएको भन्दै उनले सीपमूलक, व्यावसायिक र अनुसन्धानमूलक शिक्षा बनाउन, क्याम्पसमा हुने दलीय राजनीति हस्तक्षेप र भागबण्डाको अन्त्य गरी मेरिटोक्रेसी लागू गर्न, नवविचार, नैतिकता, नवप्रवर्तनसहितको शिक्षाका लागि आफू चुनावी मैदानमा उत्रिएको बताए ।

शिक्षा क्षेत्रका विकृति-विसंगति, अस्त व्यस्तता र अन्योलता हटाउन, भलिबल, फुटबल, क्रिकेट र बास्केटबललगायत सम्पूर्ण खेलप्रेमीका लागि खेलकुद एकेडेमी स्थापना, आर्थिक, असाह्य, विपन्न र दूरदराजबाट आउने विद्यार्थीका लागि सुविधासम्पन्न अपांगमैत्री छात्र/छात्रावास निर्माण गर्न र क्याम्पसलाई शैक्षिक थलोका साथै नवीनता र अनुसन्धानको हब बनाउन प्रयास गर्ने सुवेदीको प्रतिवद्धता छ ।

पर्वत निवासी सुवेदी क्याम्पसभित्र जोशिलो युवाका रुपमा परिचित छन् । दलीय संगठन नरुचाउने विद्यार्थीको संख्या निकै धेरै रहेकाले आफूले सहजै चुनाव जित्ने सुवेदीको आकलन छ ।

पृथ्वीनारायण क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि स्ववियु निर्वाचन हुँदैछ । क्याम्पसमा नौ हजार दुई सय ७० विद्यार्थी स्ववियु निर्वाचनमा सहभागी हुँदैछन् । समयमै मतदान स्थलमा आएर ‘हाम्रो भन्दा पनि राम्रो’ व्यक्तिलाई मतदान गरिदिनुहुन उनले सबै विद्यार्थीलाई अनुरोध गरेका छन् ।

Previous Post

पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र उम्मेद्वार कमल सुवेदीको चर्चा

Next Post

कसैले कसैको कुभलो चिताउन हुँदैन : पूर्वराजा शाह

Next Post

कसैले कसैको कुभलो चिताउन हुँदैन : पूर्वराजा शाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन