• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कसैले कसैको कुभलो चिताउन हुँदैन : पूर्वराजा शाह

नीतिप्रेस by नीतिप्रेस
March 22, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आज गोरखा पुगेका छन् । शाहले गोरखा दरबार पुगेर गोरखनाथ र गोरखकालीको पूजा गरेका छन् । शाह शुक्रबार नै सडक मार्ग हुँदै कुरिनटारमा आएर बसेका थिए ।

उनी दुई साता अघिमात्र पोखराबाट काठमाडौँ फर्किएका थिए । एक महिना पोखरा बसेका शाहले स्याङ्जा र बागलुङको भ्रमण गरेका थिए । सो क्रममा नागरिकले उनको भव्य स्वागत गरेका थिए ।

गोरखा दरबार शाहवंशका राजाहरूको आफ्नो घर भएको भन्दै त्यहाँ पूर्वराजपरिवारका नाममा नित्यपूजा भएको शाहको भ्रमणको संयोजन गरिरहेका संस्कृतिविद् जगमान गुरुङले बताए ।

शनिबार बिहान १० बजे मन्दिर पुगेका शाहले दुई घण्टा लगाएर विशेष पूजा आराधनामा गरेका थिए। साथै उनले गोरखा दरबारको अवलोकन पनि गरेका छन् ।

गोरखनाथ मन्दिरमा दर्शन गर्दा पृथ्वीनारायण शाहलाई राज्य विस्तारको आशीर्वाद मिलेको जनविश्वस छ । राजसंस्था पुनःस्थापनाको माग उठिरहेको समयमा पूर्वराजा शाह गोरखा पुगेर गरेको पूजालाई विशेष महत्वका साथ हेरिएको छ।

शाह मन्दिर जानुपूर्व बिहान ९ बजे तनहुँको आँबुखैरेनीदेखि गोरखा दरबारसम्म राजसंस्था समर्थकले मोटरसाइकल र्‍याली गरेका थिए । शिवसेना, राष्ट्रिय सरोकार मन्चलगायत युवाले शाहको स्वागतमा मोटरसाइकल र्‍याली गरेको हो ।

करिब दुई घण्टा गोरखनाथ र कालिका भगवतीको पूजा गरेका शाहले वज्र भैरवमा पनि पूजा सामग्री पठाएका थिए । त्यहाँ फूलप्रसाद र सगुन ग्रहण गरेर पूर्वराजा शाह कुरिनटार नै फर्किएका छन् ।

शाहले आइतबार मनकामना मन्दिरमा पूजाअर्चना गर्ने तयारी छ । पोखरा बसाइका क्रममा उनले प्रजातन्त्र दिवसका दिन जारी गरेको भिडिओ सन्देशमा ‘देश जोगाउने हो भने आफूलाई साथ दिन’ आह्वान गरेका थिए ।

उनले देशमा व्यवस्था फेरिए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै असन्तोष व्यक्त गरेका थिए । आफूले जनताको भलोका लागि पद र सुखसुविधा त्यागेको बताएका पूर्वराजा शाहले त्यसलाई कमजोरी नठान्न चेतावनी दिएका थिए ।

उनले भनेका थिए, “हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ, अब नेपालको उन्नतिका लागि हामीबाट अरू केके त्याग गर्नुपर्ने हो, हामी तयार छौँ ।’
शाहको यो सन्देशपछि राजावादीहरु उत्साहित भएका छन् भने गणतन्त्रवादी रुष्ट बनेका छन् ।

यसैबीच पूर्वराजा शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग सुख र समृद्धिको कामना गरेका हुन् ।

उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए । अहिले देशमा शान्ति चाहिएको र कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस्, केही खराब नचिताओस् भन्ने आफ्नो कामना रहेको बताए । उनले आफूलाई गोरखा आउन पाएर खुसी लागेको समते सुनाए ।

‘गोरखा आएर मलाई खुसी लाग्यो । आफ्नो जन्मथलो त होइन, तर पुर्खाको थलो हो,’ पूर्वराजा शाहले भने । उनले अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने पनि बताए ।

‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन, देशको शान्ति कायमै होस्, देशमा सुख होस्, सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ उनले भने ।

Previous Post

पृथ्वीनारायण क्याम्पसमा ‘कमल’ को माहोल

Next Post

प्रगतिशील लेखक सङ्घ गण्डकीको अध्यक्षमा यदुनन्दन उपाध्याय निर्वाचित

Next Post

प्रगतिशील लेखक सङ्घ गण्डकीको अध्यक्षमा यदुनन्दन उपाध्याय निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन