• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय ज्योतिष, वास्तु एवं तन्त्र सम्मेलन गोरखामा सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
March 22, 2025
in गण्डकी प्रदेश, गोरखा, धर्म/संस्कृति, समाचार
0
युवा ज्योतिषी अमृत पौडेल अवार्ड ग्रहण गर्दै ।

युवा ज्योतिषी अमृत पौडेल अवार्ड ग्रहण गर्दै ।

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । दक्षिण एशियाली ज्योतिष महासंघ नेपालको आयोजनामा राष्ट्रिय ज्योतिष, वास्तु एवं तन्त्र सम्मेलन गोरखामा सम्पन्न भएको छ ।

नेपालभरका विशिष्ट ज्योतिषी, वास्तु एवं तन्त्रसँग सम्बन्धित विद्वान सहभागी सम्मेलनमा विभिन्न विषयमा प्रशिक्षण र ज्ञान आदान-प्रदान गरिएको थियो ।

सम्मेलन उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गरेका थिए ।

कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगर र उपममेयर माया ठोकरले बोलेका थिए ।

कार्यक्रममा सहभागीलाई ज्योतिष विषयमा डा. लोकराज पौडेल, वास्तु विषयमा डा. माधव मंगल जोशी तथा तन्त्र विषयमा डा. सहदेव विष्टले प्रशिक्षण दिएका थिए ।

साथै ज्योतिष, वास्तु तथा तन्त्र शास्त्रमा विशेष योगदान पुर्‍याउनेलाई विभिन्न पदवी र सम्मानपत्र प्रदान गरिएको थियो ।

गण्डकी प्रदेशका अग्रणी ज्योतिषीको योगदानको कदर गर्दै विशिष्ट अलंकार र अवार्डद्वारा सम्मान गरियो ।

जसमा दक्षिण एशियाली ज्योतिष महासंघले ज्योतिषी एवं वास्तुविज्ञ अमृत पौडेललाई ‘ज्योतिष अलंकार’ तथा ‘गोरखनाथ अवार्ड’ द्वारा सम्मान गरेको छ । साथै महासंघको गण्डकी प्रदेश अध्यक्ष विष्णुप्रसाद सुवेदी र कोषाध्यक्ष एवं केन्द्रीय सदस्य भवेश भट्टराई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

दुई सत्रमा भएको कार्यक्रम डा. लोकराज पौडेल र सहदेव विष्टको सभापतित्वमा भएको थियो ।

कार्यक्रमको सञ्चालन दक्षिण एशियाली ज्योतिष महासंघका महासचिव रविन पगेनी र अन्तर्राष्ट्रिय समिति सभापति आचार्य लक्ष्मण पन्थीले गरेका थिए ।

कार्यक्रममा सहभागीले गोरखाका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गराइएको केन्द्रीय सदस्य अमृत पौडेलले जानकारी दिए ।

सम्मानित व्यक्तित्व अमृत पौडेल को हुन् ?

विगत आठ वर्षदेखि उनले विभिन्न राजनीतिक नेता, कलाकार, व्यवसायी, अस्पताल, विद्यालय तथा सर्वसाधारणलाई ज्योतिष तथा वास्तु परामर्श सेवा प्रदान गर्दै आएका छन् ।

हाम्रो पात्रोमा आवद्ध ज्योतिषी पौडेलले यसअघि पशुपतिनाथ अवार्डसहित विभिन्न सम्मान प्राप्त गरिसकेका छन् ।

उनले संस्कृत, ज्योतिष तथा वास्तु शास्त्रमा विशेष अध्ययन गरेका छन् भने अनलाइन माध्यमबाट विश्वभरका नेपालीलाई परामर्श सेवा दिइरहेका छन् ।

वाराणासीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट अध्ययन गरेका पौडेल विगत १२ वर्षदेखि ज्योतिष, वास्तु तथा रत्न विज्ञानको क्षेत्रमा अनुसन्धान गरिरहेका छन् । हाल उनी फेस तथा रिङिड विधिमार्फत् पनि ज्योतिष परामर्श सेवा प्रदान गर्दै आएका छन् ।

ज्योतिष क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सन् २०१८ देखि २०२४ सम्म पौडेललाई गोल्ड मेडलद्वारा विभूषित गरिएको छ ।

Previous Post

प्रगतिशील लेखक सङ्घ गण्डकीको अध्यक्षमा यदुनन्दन उपाध्याय निर्वाचित

Next Post

संघीयतालाई सुदृढ बनाउन जरुरी छ : नेता श्रेष्ठ

Next Post

संघीयतालाई सुदृढ बनाउन जरुरी छ : नेता श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन