गोरखा । गोरखामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका वडा नं कल्लेरीका २७ वर्षीय हरि विक छन् ।
आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नाङ्गो तारमा छोइएपछि विकलाई करेन्ट लागेको पाइएको डीएसपी उपरीक्षक सुवेदीले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






