• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारका बारेमा केही नेताहरूले बोल्नु भएको व्यक्तिगत कुरा : गृहमन्त्री रमेश लेखक

नीतिप्रेस by नीतिप्रेस
April 17, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गृहमन्त्री रमेश लेखकले सरकारमा र गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पार्नु भएको छ । बुधबार राति बसेको सत्ता साझेदार दलको बैठक पछि बाहिरिने क्रममा गृहमन्त्री लेखकले ‘सरकारमा केही समस्या भयो कि’ भन्ने बाहिर आएको हल्ला सत्य नभएको बताउनु भयो । सरकारका बारेमा केही नेताहरूले बोल्नु भएको कुरा ‘व्यक्तिगत कुरा’ भएकोले टिप्पणी गर्न आवश्यक नभएको बताउनु भयो।मन्त्री लेखकले दुई शीर्ष नेता सहित कार्यदल र संयन्त्रको बैठक बसेको र यो नियमित बैठक नै बसेको स्पष्ट पर्नु भयो। बैठकमा समसामयिक विषयमा छलफल भएको बताउनु भयो। सरकारको कामलाई अहिले नै दोष दिने बेला नभएको पनि गृहमन्त्री लेखकले बताउनु भयो। विद्यालय शिक्षा विधेयकलाई  कसरी अगाडि बढाउने र पास गराउने विषयमा सरकार गम्भीर भएको बताउनु भयो। यो अधिवेशन विद्यालय शिक्षा विधेयक टुङ्गो लगाउने गरि केन्द्रित हुने गृहमन्त्री लेखकले स्पष्ट पार्नु भयो ।

उहाले भन्नु भयो यो दुई दलीय कार्यदल र संयन्त्रको नियमित बैठक हो । छलफल राम्रो भएको छ । हिजो मन्त्री परिषद्‌को बैठकले नै शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गरेको छ । थप कुरामा संवाद गरिरहेका छौं। अर्को कुरा यो सरकारको कार्यशैली; सरकार मलाई लाग्छ यो सरकारले राम्रै सँग काम गरेको छ, राम्रै अगाडि बढेको छ । नेताहरूले आआफ्नो तरिकाले बोल्नु हुन्छ, यसमा मेरो टिप्पणी छैन् । पछिल्लो समयमा हेर्नु भयो भने आर्थिक सूचकहरू सुधार तिर गएका छन् । सरकारको सेवा प्रवाहमा पनि सुधार भएको छ । परिणामले, सूचकहरूले सुधारको कुरा देखाइरहेको छ ।राष्ट्रबैङ्कको पछिल्लो प्रतिवेदनले सरकारको प्रयास र गति कस्तो छ भन्ने देख्न सकिन्छ ।तथ्याङ्कमा हेर्नुपर्छ भाषामा मात्र हेर्नु हुदैन भन्ने लाग्छ । आजको बैठक संयन्त्र र कार्यदलको नियमित बैठक हो, हाम्रो बीच कुनै समस्या छैन । बाहिर सरकारमा केही समस्या भयो कि, दुई दलका बीचमा कुनै समस्या भयो कि भन्ने जुन कुरा छ, त्यस्तो खालको समस्या छैन । दुई जना नेता सहित हामी बसेका छौँ। सबै कुरा ठीक छ । विधेयकको बारेमा सभामुख जी ले यो बजेट अधिवेशन भएको हुनाले बजेटमा धेरै केन्द्रित हुनुपर्छ, अरु विधेयकहरू अगाडि बढाउन सकिन्छ कि सकिदैन भनेर आशय व्यक्त गर्नु भएको हो । यो विधेयकको प्रस्तुतकर्ता सरकार भएको हुनाले चाँडो भन्दा चाँडो यसलाई टुङ्ग्याउने कुरामा सरकारले सहजीकरण गर्छ। सहयोग गर्छ। त्यसैले आउने अधिवेशनमा टुग्याँउन सकिन्छ । यद्यपि यसको अन्तिम निर्णयमा पुर्याउने संसद्नै हो। यसमा कुनै द्विविधा छैन । संसद्‌मा कसैको हस्तक्षेप हुने कुरा भएन । तथापि सरकार यसको प्रस्तुतकर्ता भएको हुनाले जहाँ सम्म शिक्षकहरूको कुरा छ, वाहाँहरू‌ले पनि चाँडो भन्दा चाँडो विधेयक पास गराइदेउ भन्नु भएको छ । यो अधिवेशन विद्यालय शिक्षा विधेयक टुग्याँउनको लागि पनि बोलाइएको हो । यो अधिवेशनलाई सकारात्मक रूपमा लिनु पर्छ ।

बैठकमा सरकारका कामकारवाही र सरकारबारे बाहिर चलेका चर्चाबारे छलफल भएको बताइएको छ । सरकारका काम र कार्यशैलीबारे सत्तासाझेदार दल नेपाली कांग्रेसका शीर्ष तथा प्रभावशाली नेताहरूले नै बिरोध गर्दै आउनु भएको बेला कार्यदल र संयन्त्रको बैठक बोलाइएको हो । आजको संयन्त्रको बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा भने सहभागी हुनुभएको थिएन । नेता खड्का स्वास्थ्यका कारण र महामन्त्री थापा उपत्यका बाहिरबाट काठमाडौँ आउन ढिला भएकोले बैठकमा सहभागी नभएको प्रधानमन्त्रीको सचिवालय श्रोतले बताएको छ । आजको बैठकका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो।

Previous Post

नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर

Next Post

सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा मात्र सिमित नराखियोस्ः माधव सापकोटा

Next Post

सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा मात्र सिमित नराखियोस्ः माधव सापकोटा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन