• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा मात्र सिमित नराखियोस्ः माधव सापकोटा

नीतिप्रेस by नीतिप्रेस
April 17, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवादको तयारी प्रक्रियामा सरकार र सरकार निकट व्यक्तिहरूको मात्र सहभागिता देखिनु विडम्बनापूर्ण रहेको बताउनुभएको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष समेत रहनुभएका केपी शर्मा ओलीलाई भेटेर उहाँले यस्तो बताउनुभएको हो । जलवायु परिवर्तनजस्तो विश्वव्यापी र बहुआयामिक चुनौतीको सामना गर्न सबै पक्षको सहभागिता र पहलकदमी अपरिहार्य भएपनि सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सिमिति राख्न खोजिएको आरोप लगाउनु भयो । सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखी सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, विज्ञ समुदाय र आम जनताको साझा मञ्चको रूपमा स्थापित गरिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनजस्तो विश्वव्यापी र बहुआयामिक चुनौतीको सामना गर्न सबै पक्षको सहभागिता र पहलकदमी अपरिहार्य छ । तर सगरमाथा संवादको तयारी प्रक्रियामा सरकार र सरकार निकट व्यक्तिहरूको मात्र सहभागिता देखिनु विडम्बनापूर्ण छ । यो संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखी सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, विज्ञ समुदाय र आम जनताको साझा मञ्चको रूपमा स्थापित गरिनु पर्दछ । यसले मात्र संवादको विश्वसनीयता, प्रभावकारिता र राष्ट्रिय स्वामित्व सुनिश्चित गर्दछ ।


उहाँले समावेशी संरचना र सहभागितामूलक प्रक्रियामार्फत सगरमाथा संवादलाई राष्ट्रिय गौरवको संवाद बनाउन र सबैको अपनत्ववोध गराउन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले जलवायु न्याय र हिमाल संरक्षणको विषय अन्तर्राष्ट्रिय कुटनीतिको संवेदनशील विषय भएको बताउनु भयो । उहाँले विभिन्न देशबाट आमन्त्रित पाहुनामाझ प्रस्तुत गर्ने अवधारणा, कार्यपत्र र दृष्टिकोणले राष्ट्रिय एकता र विश्वसनीयता झल्काउनुपर्ने उल्लेख गर्दै यसका लागि सबै राजनीतिक दल, विज्ञ, नागरिक समाज र सरोकारवालासँग गहन छलफल, परामर्श र सहमति हुनु आवश्यक रहेको बताउनु भयो । उहाँले सगरमाथा संवादलाई पारदर्शी प्रक्रियाबाट राष्ट्रिय सहमतिमार्फत ऐतिहासिक अवसर बनाउन र नेपालको जलवायु कूटनीतिमा कोशेढुङ्गाका रुपमा स्थापित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।

Previous Post

सरकारका बारेमा केही नेताहरूले बोल्नु भएको व्यक्तिगत कुरा : गृहमन्त्री रमेश लेखक

Next Post

देश सम्पन्न बनाउन स्वदेशकै स्रोत साधनको सदुपयोग गरौँः कार्यकारी प्रमुख जोशी

Next Post

देश सम्पन्न बनाउन स्वदेशकै स्रोत साधनको सदुपयोग गरौँः कार्यकारी प्रमुख जोशी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन