• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शनिदेवको प्रिय दिनमा दुई पटक काल बेला परेको छ, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
May 10, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ वैशाख २७ गते शनिबार, इस्वीसंवत मे १० तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको त्रयोदशी तिथि साँझमा ५ः३४ बजेसम्म त्यसपश्चात् चतुर्दशी तिथि लाग्नेछ । नक्षत्रमा चित्रा रातिमा ३ः२७ बजेसम्म त्यसपछि स्वाति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि ५७ घटि ४६ पलासम्म त्यसपछि व्यघात लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा काण रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३३ घटि २० पला अर्थात १३ घण्टा २४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः२० बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः४२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा ४ः४७ बजे र अस्ताउने समय रातिमा ३ः३९ बजे रहेको छ । 

आजको राशिफल

मेषः आज नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्यून हुने हुँदा आवश्यकता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टामा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसंग सामान्य कुरामा नै ठूलो बिवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठूलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।

वृषः आज पढाई लेखाईमा मन नजाँदा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासंग टाढिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा छुट्टिनुपर्दा मनमा नरमाईलो महशुस हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । कृषि तथा सहकारी व्यावसायबाट मनग्य लाभ लिन सकिने योग रहेको छ ।

मिथुनः आज अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक कामहरू समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिनेहरूले प्रशस्त नाफा कमाउन सक्नेछन् । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरू गर्न सकिनेछ ।

कर्कटः आज राजनीति तथा समाज सेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउँने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे रुपैयाँ पैसा कमाउँन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपूर्ण कामहरू समयमा नै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरूलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

सिंहः आज समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । व्यापार व्यावसायबाट भनजस्तो आम्दानी नहुने हुँदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसंग सानो सानो कुरामा राय बाझिनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा श्रीमान श्रीमती बिच मनमुटाव बढ्न योग रहेको छ । पढाई लेखाईमा प्रशस्त समय दिए पनि सोचेजस्तो नतिजा आउनेछैन ।

कन्याः आज लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरू गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाई अरुभन्दा अब्बल हुनुहुनेछ । पढाई लेखाई तथा खोजीमूलक कामबाट भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न हुनेछ ।

तुलाः आज शत्रुस्थानको चन्द्रमाको प्रभावका कारण बाटो हिंड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला । पानीसंग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेको छ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा विभिन्न समस्याहरूको सामना गर्नुपर्नेछ । आज टाढाको यात्रा त्यो पनि पश्चिम दिशाको नगर्नुहोला । 

वृश्चिकः आज व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढि नै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईको काममा सहयोग हुनेछैन । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

धनुः आज दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद् तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोश जाँगर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

मकरः आज व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पति पत्नीबिच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सूचनाहरू बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाँढ्नेहरू धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

कुम्भः आज यात्राका क्रममा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापारमा लगानि गरि मनग्य आम्दानी गर्न सकिने तथ आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेको छ ।

मीनः आज सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । राजनीति तथा समाज सेवामा जनताको काम गर्न हर कोसिस गर्दा गर्दै नसकिने हँुदा आलोचनाको शिकार हुने योग रहेकोछ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफुले मान्नु पर्ने मानिसहरूको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेको छ ।

साहित (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः२३ बजेदेखि ७ः०२ बजेसम्म काल बेला
बिहान ७ः०२ बजेदेखि ८ः४१ बजेसम्म शुभ बेला
बिहान ८ः४१ बजेदेखि १०ः२१ बजेसम्म रोग बेला
बिहान १०ः२१ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
दिनमा १२ः०० बजेदेखि १ः२० बजेसम्म चर बेला
दिनमा १ः२० बजेदेखि ३ः१९ बजेसम्म लाभ बेला
दिनमा ३ः१९ बजेदेखि ४ः५९ बजेसम्म अमृत बेला
दिनमा ४ः५९ बजेदेखि ६ः३८ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३८ बजेदेखि ७ः५९ बजेसम्म शुभ बेला
साँझ ७ः५९ बजेदेखि ९ः१९ बजेसम्म रोग बेला
राति ९ः१९ बजेदेखि १०ः३९ बजेसम्म उद्धेग बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म चर बेला
राति १२ः०० बजेदेखि १ः२० बजेसम्म लाभ बेला
राति १ः२० बजेदेखि २ः४१ बजेसम्म अमृत बेला
रातिमा २ः४१ बजेदेखि ४ः०१ बजेसम्म काल बेला
रातिमा ४ः०१ बजेदेखि ०५ः२२ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

स्वतन्त्र न्यायपालिका अपरिहार्य : प्रदेश प्रमुख भट्ट

Next Post

राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुकेः पूर्वसभामुख रानाभाट

Next Post

राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुकेः पूर्वसभामुख रानाभाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन