• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कोटिहोममा पुन जेठ १० गते देवी प्रतिभा आउँदै

नीतिप्रेस by नीतिप्रेस
May 19, 2025
in गण्डकी प्रदेश
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा फेरी ‘प्यार से बोलो ना’ ले गुञ्जायमान हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कथा वाचन गर्न आउने भएकी छन् ।

अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गते सम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा  भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको छ ।

देवी प्रतिभा पोखरा रहँदा छुटेका भक्तजनलाई पुन एक पटक उनका कोकिल वाणीबाट कथा श्रवण गर्ने मौका मिलेको छ । पुन पोखरा ‘प्यार से बोलो ना’ ले गुञ्जायमान हुने छ ।

उनले कर्णप्रिय कथाका माध्यमबाट भक्त जनलाई धर धर रुवाउँछिन्

र उति वेलै मन्द मुस्कान साथ भक्तजन भुलाउँछिन् किनकि उनी हिन्दीमा जोडले माइकबाट कराउँछिन् ‘प्यार से बोलो ना’ । त्यसपछि भक्तजनको मुखबाट महायज्ञ गुञ्जायमान हुन्छ ‘राधे राधे’ ।

यो पोखरेलीको लागि पनि अहोभाग्य हो । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको पहलमा देवी प्रतिभा पुनः पोखरा आउने भएकी हुन् ।

देवी प्रतिभाको बिदाइ दिन सहभागी भक्तजनको आँखा नरसाएको सायद कसैको थिएन किनकि उनको कथा वाचनको क्षमताले नै हो । उनी भागवत पुराण भन्छिन्, रामचरित मानस सुनाउँछिन् ।

अनि त्यसको मिठास तरिकाले उल्था गर्छिन् जसले गर्दा देवी प्रतिभाको कथा वाचन गर्नै शैलीले पनि सर्वत्र चासो बढिसकेको छ । 

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका गरेको यो सतत कार्यलाई उनी खुलेरै प्रशंसा गरेकी छन् जसले गर्दा उनलाई पुन पोखरा जोडिन मन लाग्यो ।

‘महाराज तपाईँले गरेको सङ्कल्पलाई म हर हमेसा साथ दिनेछु भनेर पटक पटक देवी प्रतिभाले मलाई हौसला थप्नुभएको थियो’ महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज भने ‘एक वचनमा उहाँको पुन आगमले कोटिहोम पवित्र बन्ने छ ।

यो सद्भाव मायाले नै कोटिहोम सफल भएको छ उहाँ प्रति हामी आभारी छौ ।’ काभ्रेको मन्डनदेउपुर ज्वानेटारमा जन्मेकी देवी प्रतिभा (प्रतिभा पराजुली) यति बेला  अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्रमा छिन् ।

 त्यसै गरी कोटिहोममा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासी आउने भएकी छन् ।

जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका भागवत मञ्जरी राधिका दासीले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ।

नौ दिन सम्म महायज्ञमा श्रीमद्देविभागवत कथा वाचन गर्ने भागवत मञ्जरी राधिकादासीले वताईन ।

पोखरामा यति भव्य र सव्य रूपमा कोटिहोम चलिरहेको छ ’ राधिकादासीले भनिन्, कोटिहोम सम्पन्न गर्न देशभरबाटै पाल्नु होला, यस्तो समय फेरी जीवनमा विरलै आउन सक्छ शतकुण्डीय गायत्री कोटिहोममा सवैलाई चुल्है निम्ता छ ।’

मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीको समाजसेवा जोकोहीका लागि प्रेरणा बन्न सक्छ । उनले राष्ट्रिय तथा अन्तरष्ट्रिय स्तरमा कथा वाचन गरेर ख्याती कमाई सकेकी छन् । उनको कथा वाचन शैलीले भक्तजनलाई मत्रमुग्ध वनाउछ ।

विद्यालयका विद्यार्थीहरूले पनि कोटिहोमको दर्शन गरेका छन्  यसैबिच  छोरेपाटन मावि बाट ४ सय भन्दा बढी विद्यार्थी कोटिहोम दर्शन गर्न आएको महायज्ञका निर्देशक शङ्कर खरालले जानकारी दिए ।

मानवसेवा फाउन्डेसनले सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन गरेको हो ।

कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले पनि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको छ ।

त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

कोटिहोममा आज वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, लोकदोहोरी गायक राजु ढकाल,लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गर्नेछन् । कोटिहोममा ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

शनिवार वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको विदाईसँगै महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज र युवा दार्शनिक कथा प्रवक्ता चैतन्य कृष्ण महाराजले कथा वाचन गरेका छन् ।

अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत  साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्।

कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिए । उनका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ ।

कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । 

कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

Previous Post

२६ वर्षदेखि ग्रेट वाल म्याराथनमा सहभागी बनेका ६६ वर्षीय हेनरिक

Next Post

वनमा घाँस काट्ने क्रममा लडेर दुई महिलाको मृत्यु

Next Post

वनमा घाँस काट्ने क्रममा लडेर दुई महिलाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन