• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भूमी विधेयक कार्यकर्ता पाल्नेगरि आयोः राप्रपा सांसद कार्की

नीतिप्रेस by नीतिप्रेस
May 20, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भूमीसम्बन्धी विधेयकले धेरै प्रश्न उब्जाएको बताउनुभएको छ ।


मंगलवार प्रतिनिधि सभामा भूमी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद कार्कीले विधेयक देश र जनताको हितमा भन्दा पनि आफ्ना कार्यकर्ताको हितमा ल्याएको आरोप लगाउनु भयो ।

उहाँले हदभन्दा बढी जग्गा सुरक्षित गर्न विभिन्न सहकारी संस्था वा कम्पनीका नाममा राखिएको जग्गालाई समेत घडेरी वा आवास निर्माण गरेर विक्री वितरण गर्न पाउने व्यवस्था राखिनु नै असल नियत नभएको स्पष्ट पार्नुभयो ।

उहाँले हदबन्दी जग्गाको विक्री सहज हुने प्रावधान राखेर विधेयक आउनु नै गलत मनसायले आएको आरोप लगाउनु भयो ।


उहाँले भन्नुभयो, ‘भूमीसम्बन्धी विधेयकले धेरैवटा प्रश्नहरु उठाएको छ । सरकारको नियतमाथि पनि शंका गर्ने प्रशस्त ठाउँ राखेको छ । यदि यो विधेयक देश र जनतालाई केन्द्रविन्दूमा राखेर ल्याएको भए ठीकै छ । तर, विगतमा सरकारका क्रियाकलाप देखिएको छ त्यसतर्फ हेर्दा मलाई शंका लागेको छ । शुरु नापी हुँदाको बखतमा क्षेत्रीय नापी कितावमा वा लागतमा गौचर, हाट वा घाट बजार उल्लेख भएको तर उपयोग नभएको जग्गा स्थानीय कार्यपालिकाको किटानी निर्णयसहित सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउन बाधा पर्ने छैन । कुरा राम्रो छ, सहज छ । तर सुकुम्वासी र अव्यवस्थित बसोवासी ठूला दलका कार्यकर्ता भए के गर्ने ? हदभन्दा बढी जग्गा सुरक्षित गर्न विभिन्न सहकारी संस्था, कम्पनीका नाममा राखिएका जग्गालाई समेत घडेरी र आवास निर्माण गरेर बिक्री वितरण गर्न पाउने व्यवस्था विधेयकले गरेको छ । यसले असल नियत देखाएन । त्यसैले विगतमा भएका काम र के के त्रुटी भएको छ ? विभिन्न कम्पनीको नाममा राखिएका हदबन्दीको जग्गालाई विक्री सहज हुने प्रावधान राखेर विधेयक आएको छ । यसले मिसन ८४ मा आफ्ना कार्यकर्तालाई वितरण गरेर चुनाव जित्ने मनसाय राखेको होला ।’ 


उहाँले गौचर, हाट, घाट वा बजार उल्लेख भएको तर उपयोग नभएको जग्गा स्थानीय कार्यपालिकाको किटानी निर्णयसहित सुकुम्वासी वा अव्यवस्थित बसोवासीलाई दिइने भन्नु कार्यकर्ता पाल्ने योजना भएको आरोप लगाउनु भयो ।

Previous Post

भूमी विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

Next Post

कोटिहोममा ५ लाख बढी भक्तजनले दर्शन गरेको आयोजकको दाबी

Next Post

कोटिहोममा ५ लाख बढी भक्तजनले दर्शन गरेको आयोजकको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन