• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

माओवादी लक्षित एमाले सांसदको कटाक्षः एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने बानी छ

नीतिप्रेस by नीतिप्रेस
May 21, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेकपा एमाले सांसद दयालबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने गरेको टिप्पणी गर्नुभएको छ ।

पूर्वाधार विकास समितिको बुधवारको बैठकमा बोल्दै उहाँले कर्मचारीलाई आफ्नो रोल मोडल जस्तो बनाएर रुने असर माओवादीमा रहेको टिप्पणी गर्नुभएको हो । उहाँले अमेरिकाले त्यत्तिका कर्मचारी र कार्यक्रमहरु हटाउँदा कहीँ पनि बिरोध नहुने तर नेपालमा भने रोई कराइ गर्ने परिस्थिति निर्माण भएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले एउटा कर्मचारी हटाउँदा रुने व्यक्तिहरुले नै कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने आवाज उठाइरहेको बताउनु भयो । उहाँले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङको व्यवस्थापकीय क्षमता राम्रो रहेको पनि बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘केही कुरा के छ भने हल्लाको पछि हामी लागेका छौँ । अमेरिकाले त्यत्तिका कर्मचारी हटायो, त्यत्रा प्रोग्राम खारेज ग¥यो, त्यहाँ रोइ कराइ छैन । एक कर्मचारी हटाउँदा उनै साथी के भन्छन् भने राष्ट्रपति सिस्टममा जाऔँ । यो सिस्टम खराब भयो भन्छन् । राष्ट्रपतीय प्रणाली आएपछि त डोनाल्ड ट्रम्प भन्दा बलियो राष्ट्रपति हुन्छ हाम्रो । उनै साथीहरु एउटा कर्मचारी हटाउँदा रोइ कराइ छ । कुलमान घिसिङका व्यवस्थापकीय क्षमता राम्रो हो । उहाँले आयव्यय देखाउँदा कुनै तिर्नुपर्ने दायित्व छुटाएर नाफा देखाउनुभएको थियो । अहिलेकोले तिर्नुपर्ने दायित्व देखाएर घाटामा छौँ भन्नुभएको छ । सबैले पढेका छौँ त । हिजो माक्स, महात्मा गान्धी, लेनिन भन्थ्यौँ । अहिले हामी राजनीतिक मान्छेहरु घटेर कालिदासको सानो कमा अड्किएर बसेका छौँ । कर्मचारीलाई ठूलो बनाएर बसेका छाँै । कुलमान कुलमान गरेर तीन दिनसम्म रुने बानीको असर पनि कतै कतै छ ।’

नेकपा एमालेकै सांसद प्रेमबहादुर महर्जनले कुलमान घिसिङ बिदाई हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत प्राधिकरण अर्बौं रुपैयाँ घाटामा गयो भन्नेकुराको स्पष्ट जवाफ आग्रह गर्नुभयो । लोड सेडिङको विषयमा पनि स्पष्ट ढंगबाट जनतालाई भन्नुपर्ने उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘कुलमान घिसिङ बिदाई हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत प्राधिकरण अर्बौं रुपैयाँ घाटामा गयो भन्नेकुरा छ । यसबारेमा स्पष्ट पारिदिनुहोला । लोड सेडिङको विषयमा पनि स्पष्ट ढंगबाट जनतालाई स्पष्ट पार्नुपर्छ ।’

समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले साझा समस्या सोचेर मुलुकको लागि काम गरे सफलता हात लाग्ने बताउनु भयो । उहाँले राम्रो मान्छे छान्ने भन्दा पनि भागबण्डाको लागि काम भइरहेको भन्दै आपत्ति जनाउनु भयो । बेथितिलाई थितिमा परिणत गरेर काम गर्नुपर्ने बताउनु भयो । सरकारले राम्रो काम गरेको छ भनेर जनताको बीचमा बोल्न पाउने परिस्थिति निर्माण गरिदिन आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘हामीले मुलुकको लागि काम गरौँ । साझा भएर गरौँ । राम्रो मान्छे छान्ने भन्दा पनि भागबण्डाको लागि काम भइरहेको छ । बेथितिलाई थितिमा परिणत गरौँ । राज्य नै हाम्रो अभिभावक हो । हामी नीति बनाउन आएका छौँ । साझा मुद्दा बनाएर काम गरौँ । सरकारले राम्रो काम गरेको छ भनेर जनताको बीचमा बोल्न पाउने परिस्थिति बनोस् ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद शंकर भण्डारीले आग्रह पूर्वाग्रहबाट माथि उठ्न नसकेसम्म समग्रमा अरु कुनै तर्कले मुलुक बनाउन नसकिने बताउनु भयो । देशको सबैभन्दा ठूलो समस्या नै आग्रह र पूर्वाग्रह रहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘आग्रह पूर्वाग्रहबाट हामी जबसम्म माथि उठ्दैनौँ, समग्रमा तबसम्म अन्य कुनैपनि तर्कले मुलुक बनाउन सक्दैनौँ । हाम्रो मुलुकको सबैभन्दा ठूलो समस्या नै आग्रह र पूर्वाग्रह हो । जबरजस्त ढंगले बिरोध गर्नु हो । विद्युत प्राधिकरण कसरी घाटामा छ हिजो नाफामा गएको हो भने त्यसलाई फेरि पुनःताजकी दिने कुरामा समिति र सरकार, कर्मचारी साथीहरु अघि बढाऔँ ।’

राष्ट्रका समस्याहरुलाई सबैले आफ्नो साझा मुद्दा बनाएर अघि बढ्ने हो भने देशको विकासको लय समात्ने उल्लेख गर्नुभयो ।

Previous Post

विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको उर्जामन्त्री खड्काको गुनासो

Next Post

विद्युत प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग

Next Post

विद्युत प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन