• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाईः मन्त्री अधिकारी

by
July 6, 2025
in agriculture, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाई हुने गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले ऐनमा रहेको असजिलो र जटिल व्यवस्थाकै टेण्डर प्रक्रिया सुरु गरेदेखि मल आइपुग्न दुई सय २७ दिन लाग्ने गरेको उल्लेख गर्नुभयो ।

आयातित मल वितरण गर्न समेत महिनौं लाग्ने गरेको कारण किसानलाई समयमै मल नपुग्ने समस्या सिर्जना भइरहेको उहाँको भनाइ छ ।

मन्त्री अधिकारीले मल आयात भइसकेपछि १५ दिनभन्दा बढी गोदाममा गरी जाने विषयमा अर्थ मन्त्रालयसँग सहमति भइसकेको बताउनु भयो ।

उहाँले कृषकहरुले मल नपाएपछि सरकार र मन्त्रीलाई नै दोष दिने गरेको उल्लेख गर्दै मल आपूर्ति प्रणालीलाई सरल बनाउनु रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो सार्वजनिक खरिद ऐनले निकै असजिलो बनाएको छ । टेण्डर शुरु गरेको २२७ दिनमा मल आइपुग्ने रहेछ । अनि मल आइपुगेपछि वितरण गर्न जाँदा महिनौं लाग्ने रहेछ । धान अहिले सामान्यतः हिमालबाहेक १२० दिनमा उत्पादन भइसक्छ । तर एउटा पालिकाले पाएको कोटाबाट एउटा वडाले मल पाउने र अर्कोमा नजाने अवस्था । त्यो वडाबाट अर्को अवडामै जान पनि १२० दिन अर्थात चार महिना कुर्नुपर्छ । मल राख्ने समय १५ दिनभन्दा माथि नराख्ने मैले भनेकै हो । हामीले मल वितरणलाई सहज बनाउनको लागि अर्थ मन्त्रालयबाट समेत सहमति भएर गैसक्यो । मल समयमै आपूर्ति हुन सकेन, निकम्मा मन्त्री, निकम्मा सरकार भनेर कृषकहरुले गाली गर्नुहुन्छ । त्यसकारण मल वितरणलाई कसरी सजिलो बनाउने भन्नेबारे गहन छलफल होस् ।

उहाँले रासायनिक मलको समयमै आपूर्ति नहुने र खाद्य सुरक्षाको लागि समेत कृषकहरुलाई प्राङ्गरिक मलको प्रयोगमा बढावा दिन समेत उहाँको आग्रह छ ।

Previous Post

वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन्ः सचिव महासेठ

Next Post

सर्वोच्चमा प्रश्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन

Next Post

सर्वोच्चमा प्रश्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन