नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारले गरेको संसद विघटन प्रतिगमन भएको बताउनुभएको छ । आईतवार दिउँसो पार्टी केन्द्रिय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रतिगमनलाई प्रतिगमन भन्न नसक्नेहरु विभिन्न समयमा संसद विघटन भएको थियो, यो कसरी असंवैधानिक हुन्छ भनेर कुतर्क गरिरहेको बताउनु भयो । उहाँले एमालेको आधारभुत निष्ठा देश, जनताप्रति, देश विकासप्रति रहेको बताउनु भयो ।






