आगामी फागुन २१ गते हुने निर्बाचनमा कास्की निर्बाचन क्षेत्र न २ मा नेकपा (एमाले) का उम्मेदवार रश्मि आचार्य लाई उनको जन्मथलो पोखरा ३३ भरत पोखरीका स्थानिय बासिन्दाले आफ्नै टोलमा देखिने र संसदमा जनताका कुरा राखेर परिणाम निकाल्न सक्षम उम्मेदवार भएको प्रतिक्रिया दिएका छन।
प्रतिबद्धता पत्रका लागि सुझाव संकलन गर्न आफ्नो जन्मथलो भरत पोखरीका टोल र बस्ती बस्ती पुगेका उम्मेदवार आचार्यलाई ठाउँ बुझेको ,जनताको सारथि भएको र समस्यालाई समाधान सहित उजागर गर्न सक्षम आफ्नो रोजाइको उम्मेदवार आचार्य भएको भन्दै निर्धक्क हुन आश्वस्त पारेका छ्न।
न हिजोका हाम्रा प्रतिनिधिले कसैलाई अन्याय गरे न फेरि आउने कुनै प्रतिनिधिले कुनै घात गर्नेछन ।हिजोका प्रतिनिधिले सधै बिकास र नीति बहसमा अब्बल उदाहरण प्रस्तुत गरेको भन्दै रश्मि झन उत्कृष्टताको संभावना भएको स्थानिय ७५ बर्षिय लाल बहादुर नेपालीले उल्लेख गरे ।
हामिलाइ काम चलाउ हैन राष्ट्रिय राजनिती र देश बिकास संगै नीति निर्माणमा प्रभाबशाली भुमिका खेल्ने प्रतिनिधि चाहिएको त्यो उहाँबाट संभब छ। अर्का स्थानिय श्रीमाया नेपालीले बताइन ।
हामी कहिल्यै लहडमा हिडेनौ, दक्षिण पोखराको भरत पोखरीको सुन्दर पर्यटकीय परिकल्पना भौतिक बिकाससंगै
पूर्णतातर्फ लम्केको छ ,अब यो पूरा गर्ने दायित्व रश्मिलाइ सुम्पनु छ स्थानिय तिक्लाङ निवासी मेघनाथ ढकालले थपे। जसले गर्छ जनहित उसको हुन्छ जित त्यो क्षमता आचार्य संग छ ढकालले उल्लेख गरे ।
सुन्दर पर्यटकीय केही आकर्षक गन्तब्य निर्माणका लागि रश्मीको विजयको लागि आतुर छौँ। भरत पोखरीलाई अब डेस्टिनेसन प्याराडाइज बनाउनेतर्फ हामी दृढ संकल्पित छौ त्यो काम आचार्य बाट संभब छ अर्का स्थानिय शान्ति आचार्यले जिकिर गरिन ।
सुझाव ग्रहण गर्दै उम्मेदवार आचार्यले जन्म ठाउँको अपार साथले आफ्नो बिजय सुनिश्चित भैसकेको भन्दै सबैका साथले अब्बल जनप्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानियहरूको उत्साहपूर्ण सहभागीतामा सुझाव लिन सक्रिय उम्मेदवार आचार्य बिद्यार्थी राजनितिबाट उदाएका कुशल ,इमान्दार र बौद्धिक छवि भएका उम्मेदवारको परिचय बनाएका ब्यक्ति हुन।






