• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बिटी कपमा सेमिफाइनल समिकरण, फाइनल बिहीबार हुने

नीतिप्रेस by नीतिप्रेस
February 12, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।

बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा दीप युनाइटेड, रामघाट निलो, लामागाउँ गुम्बा ‘टिम बि’ र फायर पिज्जा एफसीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

क्लबका अध्यक्ष सन्तोष गुरुङका अनुसार आज ९बुधबार० भएको पहिलो क्वाटरफाइनल खेलमा दीप युनाइटेडले आयोजक बिटी ‘टिम ए’ लाई २-० गोल अन्तरले पराजित गर्दै दीप अन्तिम चारमा प्रवेश गर्यो ।

दीपको जीतमा सोभित भण्डारी र लोकेन छन्त्यालले समान १र१ गोल गरे । उक्त खेलबाट दीप युनाइटेडका अमित गुरुङ म्यान अफ द म्याच बने ।

यसैगरी दोस्रो खेलमा रामघाट निलोले एमटियुसीलाई १-० गोल अन्तरले हरायो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एमटियुसीका विमल ठकुरीको आत्मघाती गोलका कारण एमटियुसी क्वाटरफाइनलबाटै बाहिरियो ।

सो खेलबाट रामघाटका रोशन नेपाली म्यान अफ द म्याचबाट पुरस्कृत बने ।

तेस्रो खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ले बिटी क्लब ‘टिम बि’माथी २-० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।
लामागाउँको जीतमा सरोज गुरुङ र दिवस छन्त्यालले समान समान १र१ गोलको योगदान दिए । उक्त खेलबाट लामागाउँका सरोज तितुङ म्यान अफ द म्याच बने ।

आज भएको अन्तिम क्वाटरफाइनल खेलमा डेभिजफल्स क्लबमाथी फायर पिज्जाले ५-० को फराकिलो गोल अन्तरले सहजै जीत निकाल्यो ।

फायर पिज्जाको जीतमा म्यान अफ द म्याच बनेका मनिष ठकुरीले ह्याट्रिक पूरा गरे भने, अंकित गुरुङ र मनोज गुरुङले समान १र१ गोल गरे ।

बुधबार बिहान ७ बजे पहिलो सेमिफाइनल खेल दीप युनाइटेड र रामघाट निलोबीच हुने खेल संयोजक निकेश गुरुङले जानकारी दिए ।
उनका अनुसार दोस्रो सेमिफाइनल खेल लामागाउँ गुम्बा ‘टिम बि’ र फायर पिज्जाबीच बिहान ८ बजे प्रतिस्पर्धा हुनेछ ।
कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल खेल दिउँसो २ बजे हुने संयोजक गुरुङले बताए ।

उनका अनुसार प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८र८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Previous Post

जिल्ला समन्वय समिति कास्कीद्वारा अर्धबार्षिक समिक्षा सम्पन्न

Next Post

नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब अध्यक्षमा लक्ष्मण थापा

Next Post

नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब अध्यक्षमा लक्ष्मण थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन