• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ -गनेस पौडेल

नीतिप्रेस by नीतिप्रेस
February 13, 2026
in राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिबार पोखराका विभिन्न टोलमा कार्यक्रम सम्पन्न भएका छन् भने शुक्रबार आज वडा नम्बर-१३ मा स्थानीयसँग संवाद गर्ने कार्यक्रम तय गरिएको छ।

विहिबार पोखरा-१०, रामबजारस्थित ॐ शान्ति सत्सङ्गमा सहभागिता जनाउँदै दिनको कार्यक्रम सुरु गरिएको थियो। त्यसपछि पोखरा-१४, मनकामना टोलमा संवाद यात्रा गरिएको थियो।

यस्तै, दिउँसो पोखरा-१४, शुभकामना टोल, मसिना टोल र खाल्टे टोलमा संवाद कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमहरूमा स्थानीयवासी, आमा समूह, युवा तथा ज्येष्ठ नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।

संवादका क्रममा उम्मेदवार गनेस पौडेलले “राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ” भन्दै पारदर्शिता, सुशासन र स्थानीय समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताए। “हामी जनताको घरदैलोमा पुगेर सुझाव संकलन गर्दैछौँ, यही सुझावलाई नीति निर्माणमा रूपान्तरण गर्ने हाम्रो लक्ष्य हो,”उनले भने।

शुक्रबार आज वडा नम्बर-१३ मा स्थानीयसँग संवाद यात्रा कार्यक्रम तय गरिएको छ। बिहान ८ः०० बजे विजयपुर आर्वा, बिहान ११ः३० बजेदेखि भद्रकाली, बाँझापाटन क्षेत्र र दिउँसो २ः०० बजे मियाँपाटनमा संवाद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

रास्वपा कास्की-१ का चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेका अनुसार, “संवाद यात्राप्रति स्थानीयको उत्साहजनक साथ र समर्थन पाइरहेका छौँ। हरेक टोलमा उठेका सुझावलाई व्यवस्थित रूपमा संकलन गरिँदैछ र त्यसैका आधारमा आगामी कार्ययोजना तय गरिनेछ।”

रास्वपाले कास्की-१ मा परम्परागत चुनावी सभाभन्दा फरक शैली अपनाउँदै प्रत्यक्ष भेटघाट र घरदैलो संवादमार्फत जनविश्वास निर्माण गर्ने अभियानलाई प्राथमिकता दिएको जनाएको छ।

Previous Post

बिटी कपमा रामघाट फेरि स्तब्ध, लामागाउँ दोस्रो पटक च्याम्पियन सरोज बने सर्वोत्कृष्ट

Next Post

बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा

Next Post

बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन