• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्की ३ का एमाले उम्मेदवार दामोदर वैरागीलाई अन्नपूर्ण ८ र ९ का मतदाताको साथ

नीतिप्रेस by नीतिप्रेस
February 23, 2026
in कास्की
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार दामोदर पौडेल वैरागीलाई अन्नपूर्ण गाउँपालिका वडा नम्वर ८ र ९ का स्थानीय मतदाताले मत दिएर विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय बासिन्दाले विगतमा योजना परेर पनि पूरा हुन नसकेका विकास आयोजनाहरू सम्पन्न गर्नुपर्ने माग अघि सारेका छन् । उल्लेरी, तिखेढुंगा, ताङसिङ, मोहरिया, विरेठाटी, सल्यान, काँडे, अर्मला, लुम्ले लगायतका क्षेत्रमा योजना परेर पनि अधुरा रहेका सडक, खानेपानी, सिंचाइ तथा पूर्वाधार विकासका कामहरू यथाशीघ्र पूरा गर्नुपर्ने उनीहरूको जोड छ ।
उम्मेदवार वैरागीले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्दै अधुरा योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य घान्द्रुकमा पर्यटन प्रवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने उनले बताए ।
उनले भवन निर्माण, संग्रहालय स्थापना, खानेपानी र सडक पूर्वाधार सुधार, सिंचाई व्यवस्था विस्तार, स्थानीय रोजगारी सिर्जना तथा बढीभन्दा बढी पर्यटक भित्र्याउने कार्यक्रम अघि बढाउने उल्लेख गरे । साथै प्राकृतिक सम्पदाको संरक्षणलाई समेत प्राथमिकतामा राखिने उनले स्पष्ट पारे ।
क्षेत्र नम्बर ३ को समग्र विकासका लागि आफूलाई पार्टीले चुनावी मैदानमा उतारेको उल्लेख गर्दै वैरागीले सुखी नेपाली, समृद्ध नेपाल को अवधारणालाई जनताको अभिमतमार्फत साकार पार्ने प्रतिबद्धता दोहो¥याए ।
स्थानीय मतदाताले विकास निर्माणका अधुरा काम पूरा गर्ने शर्तमा समर्थन जनाउँदै क्षेत्रको समग्र उन्नतिको अपेक्षा राखेका छन् ।

Previous Post

‘निर्वाचित भएको पहिलो दिनबाट प्रतिवद्धता कार्यान्वयनको काम थाल्छु’-एमाले कास्की २ का उम्मेदवार रश्मि आचार्य’अर्मलाकोटलाई पर्यटकीय क्षेत्र घोषणा गरेर पूर्वाधार विकासको काम थप बलियो बनाउनुछ’-एमाले कास्की २ का उम्मेदवार रश्मि आचार्य

Next Post

तनहुँ १ मा विद्या ढकाल : हेभिवेट उम्मेदवारलाई कडा चुनौती

Next Post

तनहुँ १ मा विद्या ढकाल : हेभिवेट उम्मेदवारलाई कडा चुनौती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन