• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

तनहुँ १ मा विद्या ढकाल : हेभिवेट उम्मेदवारलाई कडा चुनौती

नीतिप्रेस by नीतिप्रेस
February 23, 2026
in तनहुँ, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली, तनहुँ ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न दलका चर्चित उम्मेदवार चुनावी मैदानमा उत्रिएसँगै प्रतिस्पर्धा रोचक बनेको छ । यसैक्रममा स्थानीय स्तरमा लामो समयदेखि सक्रिय रहँदै आएका विद्यनाथ ढकालले आफूलाई बलियो उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् ।

ढकालले नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् । तनहुँ १ मा स्वर्णिम वाग्ले, गोविन्द भट्टराई र भगवती न्यौपाने लगायतका उम्मेदवारसँग उनको प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय भूगोल र जनतासँग नजिक रहेर काम गरेको अनुभवका कारण ढकाललाई मतदाताले चासोका साथ हेरेका छन् ।

करिब तीन दशक शिक्षण पेशामा संलग्न रहेका ढकाल स्थानीय स्तरमा विद्या सर का नामले परिचित छन् । उनी तनहुँको भानु नगरपालिका ४, चुँदीका स्थायी बासिन्दा हुन् । सरल जीवनशैली र स्थानीय मुद्दामा निरन्तर सक्रियताका कारण उनले मतदातामाझ अलग पहिचान बनाएका छन् ।

ढकालले मादी मस्याङ्दी मोटरमार्ग निर्माण, पर्यटन प्रवर्द्धन तथा जलाधार संरक्षणका विषयलाई प्राथमिकतामा राखेका छन् । विकास निर्माणका योजना र स्थानीय आवश्यकतामा आधारित एजेन्डा लिएर चुनावी अभियानमा सक्रिय रहेका उनले सुशासन र इमानदार राजनीतिको आवश्यकता औंल्याउँदै आएका छन् ।

लामो समयदेखि राजनीतिमा सक्रिय ढकालले विभिन्न उतारचढावका बीच पनि आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिएका छन् । मतदातासँग प्रत्यक्ष भेटघाट र घरदैलो कार्यक्रममार्फत उनले चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

यसपटक तनहुँ १ मा ढकालको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने विश्लेषण गरिएको छ । स्थानीय मतदाताले विकास, सुशासन र जनतासँग नजिक रहने नेतृत्वको अपेक्षा गरेका छन् ।

Previous Post

कास्की ३ का एमाले उम्मेदवार दामोदर वैरागीलाई अन्नपूर्ण ८ र ९ का मतदाताको साथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन