• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीको समृद्धिका लागि काँग्रेस नै उपयुक्त : मन्त्री थापा

नीतिप्रेस by नीतिप्रेस
February 24, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका नेता एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कास्कीका नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरेका छन् । उनले कास्की को दिगो विकास, पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रमलाई तीव्रता दिन नेपाली काँग्रेस नै उपयुक्त शक्ति भएको उल्लेख गरे ।

कास्कीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका तिलक रानाभाट, माधव प्रसाद बास्तोला मधु, मनोज गुरुङ र समानुपातिक तर्फका उम्मेदवार आई बहादुर गुरुङका लागि मत माग्दै उनले भने, कास्कीमा प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेलकुद र युवा स्वरोजगारका थुप्रै योजनाहरू अघि बढाएको छ । यी योजनालाई संघीय तहसँग समन्वय गरी प्रभावकारी कार्यान्वयन गर्न सक्षम र अनुभवी नेतृत्व आवश्यक छ, जसका लागि नेपाली काँग्रेसका उपयुक्त उम्मेदवार हुनुहुन्छ।”

मन्त्री थापाका अनुसार कास्कीका विभिन्न वडामा विद्यालय पूर्वाधार सुदृढीकरण, खेलमैदान स्तरोन्नति, स्वास्थ्य संस्थामा सेवा विस्तार तथा युवालाई लक्षित सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ। प्रदेशले थालेका योजनालाई संघीय सरकारसँग समन्वय गरी अझ ठूलो आकारमा लैजान सक्ने प्रतिनिधि आवश्यक छ,उनले भने ।

उनले कास्कीको समृद्धि यात्रामा राजनीतिक स्थिरता, स्पष्ट दृष्टिकोण र विकासप्रति इमान्दार प्रतिबद्धता जरुरी रहेको उल्लेख गर्दै नेपाली काँग्रेसले परिवर्तन र सुशासनको मार्गचित्र प्रस्तुत गरेको बताए । कास्की २ लाई समुन्नत, व्यवस्थित र अवसरले भरिपूर्ण बनाउन काँग्रेस नेतृत्व अपरिहार्य छ, मन्त्री थापाको भनाई छ ।

उनले मतदातासँग अपिल गर्दै फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराई कास्कीको विकास अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन् । प्रदेश सरकारले अघि सारेका योजनालाई सफल पार्न संघ र प्रदेशबीच सहकार्य जरुरी छ। त्यसका लागि कास्कीमा काँग्रेसको जित आवश्यक छ,उनले स्पष्ट पारे ।

कास्कीमा यतिबेला चुनावी माहोल तातेको छ। विभिन्न स्थानमा घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत काँग्रेस उम्मेदवारहरुले विकास, सुशासन र रोजगारी सृजनालाई प्राथमिकतामा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । मन्त्री थापाको सक्रिय समर्थन र अपिलसँगै कास्कीमा काँग्रेसको अभियान थप सशक्त बनेको कार्यकर्ताहरू बताउँछन्।

Previous Post

एमालेलाई कमजोर पार्ने दिवा सपना नदेख्दा हुन्छ ,हामी एक ढिक्का भएर चुनावमा होमिएका छौं – एमाले कास्की दुइका उम्मेदवार रश्मि आचार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन