• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

नीतिप्रेस by नीतिप्रेस
March 9, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एकीकृत सेवा कार्यालय कास्कीले आयोजना गरेको कार्यक्रम उनले यस्तो बताएका हुन । “Rights, Justice, Action for all Women and Girls” तथा राष्ट्रिय नारा सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” का साथ आयोजित कार्यक्रममा महिला सशक्तीकरण, समानता र न्याय सुनिश्चित गर्ने विषयमा विशेष छलफल भएको थियो ।

मन्त्री थापाले महिला अधिकार र सहभागिताका क्षेत्रमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै संविधान र विभिन्न कानुनी व्यवस्थामार्फत महिलाको प्रतिनिधित्व र नेतृत्व सुदृढ बन्दै गएको उल्लेख गरे । उनले संघ, प्रदेश र स्थानीय तहका सरकार तथा नीति निर्माणका निकायमा महिलाको सक्रिय भूमिका बढ्दै गएको भन्दै यसले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाएको बताए ।
उनले मुलुकको समृद्धि र दिगो विकासका लागि महिलाको आर्थिक, सामाजिक तथा संरचनात्मक रूपान्तरण अत्यावश्यक रहेको धारणा व्यक्त राखे । उनका अनुसार समान कामका लागि समान पारिश्रमिक नपाउने, महिला भएकै कारण हिंसाको शिकार बन्ने, रोजगारीका अभावमा विदेशिनुपर्ने जस्ता समस्या अझै पनि समाजमा विद्यमान छन्। विशेषगरी विदेशमा श्रम गरिरहेका नेपाली दिदीबहिनीले असुरक्षित तथा कठिन परिस्थितिमा काम गर्नुपरेको यथार्थप्रति राज्य संवेदनशील रहेको उनले उल्लेख गरे ।
उनले गण्डकी प्रदेश सरकारले महिला सशक्तीकरण र संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएका छन । प्रदेश सरकारले हिंसा पीडित महिलाका लागि दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालन, कामकाजी महिलालाई सहयोग पुग्ने शिशु स्याहार केन्द्र स्थापना, तथा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले उद्यमशीलता विकास र सीपमूलक कार्यक्रमहरू अघि बढाएको मन्त्री थापाले बताए । यस्ता कार्यक्रमले महिलालाई आर्थिक रूपमा सबल, आत्मनिर्भर र सुरक्षित बनाउने विश्वास उनको छ ।
मन्त्री थापाले आर्थिक रूपमा कमजोर अवस्थाका महिलाहरू हिंसाको उच्च जोखिममा पर्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै महिलालाई आर्थिक रूपमा सशक्त बनाउनु नै हिंसा न्यूनीकरणको दीर्घकालीन उपाय भएको बताए । यसका लागि सरकार, नागरिक समाज र सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उनको भनाई छ ।
उनले महिला सशक्तीकरण केवल महिलाको मात्र सरोकार नभई समाजका सबै सदस्यको साझा जिम्मेवारी भएको स्पष्ट पारे । महिला र पुरुष दुवैको समान, सक्रिय र सहकार्यपूर्ण भूमिकाबाट मात्र महिला अधिकारको पूर्ण सुनिश्चितता सम्भव हुने उनले बताए ।
अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्दै आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि समाजमा थप ऊर्जा, प्रतिबद्धता र उत्साह प्रदान गर्ने विश्वास उनको छ । कार्यक्रमका सहभागीहरूले पनि समानता, न्याय र अवसरयुक्त समाज निर्माणमा सामूहिक पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

Previous Post

सोर्स-फोर्स र चाकडी नगर्न कास्की १ का सांसद गनेस पौडेलको कडा निर्देशन

Next Post

बालेन शाहको चुनावी खर्च १४ लाख १७ हजार

Next Post

बालेन शाहको चुनावी खर्च १४ लाख १७ हजार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन