• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

खोटाङमा हेलिकोप्टर दुर्घटना, एक जना घाइते

नीतिप्रेस by नीतिप्रेस
March 18, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका २ खार्ताम्छाको बालाबेसीमा दिउँसो १२ बजेर २ मिनेट जाँदा सो दुर्घटना भएको हो । नाइन एन एएचक्यु कलसाइनको हेलिकोप्टर अवतरण गर्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।

हेलिकोप्टरमा सवार चालकसहित सबै सुरक्षित छन् । काठमाडौंबाट एक व्यक्तिको शव र परिवारका ५ जना सदस्य लिएर हेलिकोप्टर गाउँ पुगेको थियो । अवतरणका क्रममा तीव्र हावाको बेगका कारण हेलिकोप्टर सन्तुलन गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ‘काठमाडौंबाट आमाको कामका लागि परिवारका ५ जना आउनुभएको रहेछ,’ एक प्रहरी अधिकृत भने ‘त्यसक्रममा हावाको बेगले अनियन्त्रित भई हेलिकोप्टर पल्टिएको छ ।हेलिकोप्टर पल्टिँदा सोही ठाउँका ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन् । उनलाई उपचारका लागि तत्कालै एयर डाइनेष्टीकै अर्को हेलिकोप्टर मगाएर काठमाडौं पठाइएको छ । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले हेलिकोप्टर सामान्य दुर्घटनामा परेको र कुनै मानवीय क्षति नभएको जानकारी दिइन् । उनले भनिन्, ‘हेलिकोप्टर दुर्घटना भएको हो, मानवीय क्षति भएको छैन ।’

हेलिकोप्टरका पाइलट सविन थापा र अन्य ५ जना यात्रुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा अवतरण गर्ने प्रयास गर्दा सो दुर्घटना भएको हो । सुरुमा डिलमा बस्न लागेको हेलिकोप्टरलाई पाइलटले पुनः उठाएर बारीको बीचमा लैजान खोज्दा सन्तुलन बिग्रिएको थियो ।

प्रहरीले घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ । घाइतेको उपचार र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

पोखरामा फोहरको सकस: स्थायी समाधान कहिले ?

Next Post

न्यू ग्यालेक्सीमा बालबालिकाको विकासमा डिजिटल र भौतिक उपस्थितिको सन्तुलनमा जोड

Next Post

न्यू ग्यालेक्सीमा बालबालिकाको विकासमा डिजिटल र भौतिक उपस्थितिको सन्तुलनमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन