पाेखरा ।
गण्डकी प्रदेशबाट संघीय सरकारमा तीन जना मन्त्री बन्ने भएका छन्। गनेश पौडेलसहित दुई अन्य नेताले मन्त्रिपरिषद्मा स्थान पाउने निश्चित भएको हो।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सोही अनुसार गण्डकीबाट प्रतिनिधित्व हुने गरी मन्त्री चयन गरिएको हो।अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्ले ले पाउने भएका छन् भने गृह मन्त्रालय सुदन गुरुङ लाई दिइने भएको छ। गनेश पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने तय भएको छ।
प्रधानमन्त्री नियुक्त भइसकेका शाहले आजै शपथ ग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने योजना बनाएका छन्। सत्ता समीकरणअनुसार विभिन्न प्रदेशबाट सन्तुलित प्रतिनिधित्व गराउने प्रयासस्वरूप गण्डकीबाट तीन जनालाई समेटिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीसहित ९ मन्त्रीको नाम टुंगो लगाएको छ । प्राप्त जानकारीअनुसार रास्वपाले यस्तो निर्णय गरेको छ–
बालेन शाह – प्रधानमन्त्री
स्वर्णिम वाग्ले – अर्थमन्त्री
शिशिर खनाल -परराष्ट्रमन्त्री
सुदन गुरुङ – गृहमन्त्री
प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
गणेश पौडेल – पर्यटनमन्त्री
अमरेश सिंह – उद्योगमन्त्री
सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री
गीता चौधरी -कृषीमन्त्री
यस्तै रास्वपाले डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ ।





