Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
दोस्रो इण्डोनेसिया–अफ्रिका फोरम बालीमा सम्पन्न
Next
Prev

शुभकामना विद्यालयको बालबालिकाको सर्वाङ्गीण विकास, शिक्षा र हाम्रो भूमिका प्रशिक्षण कार्यक्रम सम्पन्न

शुभकामना विद्यालय पोखरा–६, बैदामले प्राचार्य यमबहादुर रानाको संयोजकत्व र इसीइसी को प्रशिक्षण बालबालिकाको सर्वाङ्गीण विकास, शिक्षा र हाम्रो भूमिका शीर्षकमा एक दिने उत्कृष्ट प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त प्रशिक्षण कार्यक्रम टिएस्टेक का प्रमुख श्री प्रदीप पराजुलीले उपस्थित सम्पूर्ण शिक्षकशिक्षिकाहरू तथा अभिभावकहरूलाई बालापनमा खेलिने खेल खेलाएर बालापनको स्मरण गराउँदै कार्यक्रमको सुरु गर्नुभयो । कार्यक्रममा साना बालबालिकाहरूको शारीरिक र मानसिक अवस्था फुल्न र फक्रन दिए भविष्यमा एक असल, सक्षम नागरिक निर्माण गर्न सकिने तर्फ जोड दिँदै अभिभावक र शिक्षक दुबै पक्ष त्यसप्रति अत्यन्त सतर्क, सचेत भई सजायबिना नै सिकाउनुपर्ने ज्ञान प्रदान गर्नुभयो र कार्यक्रममा अभिभावकहरूको परिवेशमा बालकहरू उम्रिँदै गरेका बिरुवा हुन्, यिनीहरूलाई सही समयमा सही मल, जल, ताप प्राप्त गर्न सके त्यो बिरुवा फलवन्त बन्न सक्छ भन्ने उदाहरण दिई बालबालिकाहरूलाई प्रेममा हुर्काउने, उन्मुक्त रुपमा सिर्जना प्रस्फुटित हुन दिने, बिना रोकतोक सिक्न पाउने वातावरणको सिर्जना गर्नुपर्ने र वर्तमान अवस्थालाई ध्यान दिएर पुरातन सोचबाट एक कदम अगाडि बढेर नयाँ सोचमा रूपान्तरित हुने कुरामा प्रकाश पार्नुभयो ।

कार्यक्रममा २५० जनाभन्दा बढी अभिभावक तथा शिक्षकशिक्षिकाहरूको सहभागिता रहेको थियो भने कार्यक्रम क्रिष्टल महल, अम्बोट, लेकसाइडमा सम्पन्न भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist