Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

राष्ट्रिय यूवा संघ नेपाल कास्कीको खुल्ला रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न: अध्यक्ष शंकर पौडेल

राष्ट्रिय यूवा संघ नेपाल कास्की जिल्ला कमिटीले नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ ‌औँ स्मृति दिवसको अवसरमा पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय यूवा संघ नेपाल कास्की जिल्ला कमिटीका अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ७८ यूनिट रगत संकलन भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका स्थाई कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले आफु पनि राष्ट्रिय प्रजातान्त्रिक युवा संघको संस्थापक केन्द्रिय सदस्य रहेको हुनाले संघका गतिविधिहरु नजिक बाट नियाल्ने गरेको जानकारी गराउँदै आफु सदैव राष्ट्रिय एकता, पार्टी भित्रको एकता र संगठन भित्रको एकताको पक्षमा रहेको बताउनु भयो । काम नगर्ने कुरा लगाएर अगाडी बढ्ने संगठनात्मक अराजकता देखाउने पार्टी भित्रका अवसरवादी व्यक्तिहरुको दिन गएको भन्दै काम गरेर श्रम गरेर आफ्नो पौरखमा बाँच्नुपर्ने कुरामा जोड दिदै कामबाट नै कुराको जवाफ दिन संगठनलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा  विशेष अतिथि पार्टीका केन्द्रिय सदस्य तथा पोखरा महानग इन्चार्ज कृष्ण थापा, केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका पुर्ब केन्द्रिय अध्यक्ष राजिब पहारी, नेकपा एमाले कास्की जिल्ला अध्यक्ष बयान बहादुर क्षेत्री अधिकारी, महानगर कमिटी अध्यक्ष जीवन आचार्य, संगठनका स्थाई कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज विकास अधिकारी, प्रदेश अध्यक्ष पिताम्बर खनाल, केन्द्रिय सदस्यहरु लगायत संगठनका नेता तथा कार्यकर्ताहरु, पार्टीका प्रदेश , जिल्ला , महानगर कमिटीमा रहनुभएका कार्यकर्ताहरुको उल्लेख्य उपस्तिथि रहेको थियो।

राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य तथा कास्की जिल्ला इन्चार्ज बिक्रम गुरुङ्गले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै आफ्नो मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य उमेश गुरुङ्गले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist