बैतडी । बैतडीमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका वडा नं १ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामी छन् ।
दुर्घटनामा घाइते हुनेमा सगास-१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
जिल्लाका सिगास गाउँपालिका-१ माडौँमा आज बिहान जीप दुर्घटना भएको हो । जीपका चालक फरार रहेको जिल्ला प्रहरी कार्यालयले बैतडीले जनाएको छ ।





