पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा नौ सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सोमबार एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
पोखरा बजारमा आज सुनको भाउ एक लाख ५९ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यसैगरी आज असली चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन सोमबार प्रतितोला एक हजार आठ ५० रुपैयाँ रहेको चाँदी आज घटेर एक हजार आठ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज पोखरा बजारमा चाँदीको भाउ एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको छ ।






