पोखरा । भारतमा जारी महाकुम्भ मेलामा आगलागी भएको छ । झुन्सीको छतनागको सेक्टर २२ मा बनेको टेन्ट सिटीमा बिहीबार आगलागी भएको र आगलागीको कारण पत्ता लागेको छैन ।
के भयो भनेर मानिसहरूले थाहा पाउनु अघि नै आगोले भयानक रूप लिइसकेको बताइएको छ । टेन्ट सिटीका एक दर्जनभन्दा बढी टेन्ट जलेर खरानी भएका छन् । यस दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु नपरेको बताइएको छ ।
आगो लागेको जानकारी पाउने बित्तिकै धेरै दमकल घटनास्थलमा पुगेका थिए । निकै प्रयासपछि आगो नियन्त्रणमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।






