• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाेखराकाे बड्स एकेडेमीमा उच्चस्तरीय शिक्षण विधिसहित अभिभावकत्व कार्यक्रम

नीतिप्रेस by नीतिप्रेस
February 2, 2025
in नेपाली समाचार आजको, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । अन्तर्राष्ट्रिय स्तरको बाल मनोविज्ञानमा आधारित शिक्षण विधि अबलम्बन गर्दै आएको पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडस्थित बड्स एकेडेमीमा प्राइमरी शो सम्पन्न भएको छ । बालबालिकाका अन्तरनिहीन प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा नर्सरीका विद्यार्थीले स्वागत गीत, फोनिक्स डेमो नृत्य, हामी पढ्छौँ, हामी लेख्छौँ र ‘क’ को परिवार गीत प्रस्तुत गरेका थिए ।

यस्तै एलकेजीका विद्यार्थीले हात धुने र दाँत माझ्ने तरिकाका साथै सरसफाइका सामग्रीको व्यवस्थापनलगायतका कार्यको प्रयोगात्मक लाइभ प्रशिक्षण प्रस्तुत, यूकेजीका विद्यार्थीले जेब्रा क्रसिङबारे नाटक र हे साथी हे साथी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

कक्षा १ का विद्यार्थीले बोटबिरुवाका विभिन्न भागको प्रस्तुति, बिरुवा उम्रिने र हुकिने प्रक्रियाबारे गीत प्रस्तुत एवं आँखैमा राख्छु मेरो देश गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

यसैगरी कक्षा २ का विद्यार्थी सामाजिक सञ्जालको दुरुपयोगबारे नाटक, मैना चरी गीतमा नृत्य र सांस्कृतिक भेषभूषासहित पहिरन प्रदर्शन गरेका थिए भने कक्षा ३ का विद्यार्थीले चुरोट खानुहुँदैन भन्ने सन्देशसहित नाटक प्रदर्शन, संवाद र सांस्कृतिक भेषभूषासहित पहिरन प्रदर्शन गरेका थिए । विद्यार्थीको प्रस्तुतिमा कार्यक्रमका अतिथि र अभिभावक निकै रमाएका थिए ।

कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याव्सन) कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बड्स एकेडेमी पोखराका अब्बलमध्येको एक शैक्षिक संस्था भएको बताए । गत वर्षको एसईईमा बड्सकै बिमला पौडेलले उत्कृष्ट अंक हासिल गरी एनप्याव्सनबाट उनीसहित विद्यालय नै सम्मानित भएको स्मरण गर्दै उनले आगामी दिनमा पनि उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

पौडेल २०८० को एसईई परीक्षामा एनप्याव्सनमा छात्रातर्फ सर्वोत्कृष्ट बनेर सम्मानित भइन् । पौडेलले एसईई परीक्षामा ३दशमलव९६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट बनेकी थिइन् ।

अधिकारीले विद्यार्थी पौडेललाई आगामी दिनमा के कस्तो सहयोग गर्न सकिन्छ त्यसमा सिंगो एनप्याव्सन तयार रहेको स्पष्ट पारे । उनले विद्यार्थीलाई समयले माग गरेको सीपयुक्त शिक्षा प्रदान गर्नु नै अहिलेको आवश्यकता भएको बताए ।

विद्यालयका प्राचार्य प्रकाशराज वाग्लेले विद्यालय यो स्थानसम्म आउनुमा सञ्चालक समिति, शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, कर्माचारीको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले विद्यार्थीलाई समय परिवेश अनुसार गुणस्तरीय र प्रविधि तथा सीपयुक्त शिक्षा प्रदान गर्न विद्यालयले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे ।

प्राचार्य वाग्लेले एकेडेमीले अन्तर्राष्ट्रिय स्तरको बाल मनोविज्ञानमा आधारित शिक्षण विधि अबलम्बन गर्दै आएको बताए । साथै विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकास ध्यानमा राख्दै सीबीएलसँग सहकार्य गरेर उच्च स्तरीय शिक्षण विधिको प्रयोग गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य तेजनारायण पराजुलीले विद्यार्थी र अभिभावकलाई प्रशिक्षण दिएका थिए । उनले विद्यार्थीको भविष्य अभिभावकले आफ्ना बाबुनानीलाई दिने समयमा भर पर्ने बताए ।

कार्यक्रममा सीबीएलका कार्यकारी निर्देशक अञ्जना श्रेष्ठ, सीबीएलका पोखरा क्षेत्रका निर्देशक रेखा श्रेष्ठ, सहजकर्ता सर्मिला रेग्मी र अञ्जु बसेल तथा सीबीसीका कार्यक्रम व्यवस्थापक सुशिला श्रेष्ठलगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेहरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्राचार्य विष्णुहरि देवकोटाले स्वागत र सञ्चालन प्रशासक ध्रुव पोखरेलले गरेका थिए ।

२०६२ सालमा स्थापित बड्स एकेडेमीमा हाल चार सय ५० विद्यार्थी अध्ययनरत छन् ।

Previous Post

शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिन आवश्यकः प्रदेश प्रमुख भट्ट

Next Post

लमजुङमा जेसीबी पल्टिदा घलेको मृत्यु

Next Post

लमजुङमा जेसीबी पल्टिदा घलेको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन