• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

फेवातालमा २५ हजार माछाका भुरा छोडियो [तस्बिरसहित]

नीतिप्रेस by नीतिप्रेस
February 2, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । विश्व सिमसार दिवसको अवसरमा पोखराको फेवातालमा २५ हजार माछाका भुरा छोडिएको छ ।

पोखरा महानगरपालिका वडा नं ६ को एक लाख ५० हजार रुपैयाँको सहयोगमा पोखरा-१८ सराङकोटस्थित फेवा हर्पन खोला मत्स्य सहकारी संस्थाले माछाको भुरा छोडेको हो । तालमा सल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प, नैनी र रहु जातका माछाका भुरा छोडिएको हो ।

तालमा माछाका भुरा छोड्दै पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले दशकौँदेखि फेवातालमा आश्रित जलारी समुदायको आयस्तर वृद्धि गर्नका लागि प्रयास गरेको बताए ।

उनले गत वर्ष पनि एक लाख रुपैयाँ बराबरको माछाका भुरा छोडेपछि जलारी समुदायले राम्रो आम्दानी गरेको र पोखरा महानगरपालिकाले पनि दोब्बर राजश्व आम्दानी गरेको जानकारी दिए ।

तालमा अवैध रुपमा माछा मार्ने कार्य रोक्न सबैको सहयोग आवश्यक रहेको भन्दै उनले माछा संरक्षणमा के-के गर्न सकिन्छ त्यसतर्फ पनि ध्यान पुर्याउनुपर्नेमा जोड दिए । तालका जलकुम्भी झार हटाउने कार्यमा वडाले नै काम गर्ने उनको भनाइ छ ।

वडाध्यक्ष भट्टराईले वडाले यस कार्य आगामी वर्षमा पनि निरन्तर गर्ने भन्दै लोपोन्मुख जलारी समुदायको हरेक दुःख सुखमा आफूले साथ दिने प्रतिवद्धता जनाए ।

सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीले वडाको सहयोगले आफूहरुको आयस्तर वृद्धि भएको भन्दै खुशी व्यक्त गरे । उनले अहिले छोडिएको माछाका भुराबाट पनि राम्रो आम्दानी हुने विश्वास व्यक्त गर्दै फेवाताल संरक्षणसँगै माछा संरक्षणमा आफूहरु सधैँ तयार रहेको स्पष्ट पारे ।

‘वडाको सहयोगले हामी जलारी समुदायको भकारी र पेट भरिएको छ, हामी माछा मात्रै मार्दैनौँ, फेवाताल र माछाको संरक्षणमा पनि ध्यान दिन्छौँ’, उनले भने ।

अध्यक्ष जलारीले प्रत्येक महिनाको २ गते आफूहरुले फेवाताल सफा गर्ने गरेको र आफूहरुको काममा पोखरा-२३ ले पनि साथ दिएको बताए ।

उनले भने, ‘विगतमा आफूहरुकै प्रयासमा ताल सफा गर्ने गरेका थियौँ, अब वडा कार्यालयबाटै सहयोग हुने भएपछि अझै सजिलो र राम्रो हुनेछ भन्ने विश्वास छ ।’

वडा सदस्यद्वय शोभा जलारी र पवित्रा थापाले पोखराको मुटु फेवाताल संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

विश्व सिमसार दिवस

तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्र्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।

संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ ।

कुल एक सय ७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धीमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र)मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ ।

सिमसार क्षेत्र भन्नाले प्राकृतिक अथवा कृतिम रुपले सृजना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभोगलाई बुझिन्छ ।

Previous Post

टाइगर कपकाे उपाधिका लागि भिडन्त आज हुने

Next Post

टाइगर कपको उपाधि नेपाल पुलिस र टाइगर ग्रुपको पोल्टामा

Next Post

टाइगर कपको उपाधि नेपाल पुलिस र टाइगर ग्रुपको पोल्टामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन