• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज शिवको प्रिय तथा वसन्त पञ्चमीको दिन, दुई पटक अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
February 3, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ माघ २१ गते सोमबार, इस्वीसंवत फेब्रुअरी ३ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको पञ्चमी तिथि बिहानमा ९ः५८ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा रेवति रातिमा २ः४० मिनेटसम्म त्यसपछि भरणी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शिव १३ घटि ५३ पलासम्म त्यसपछि सिद्धि लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा स्थिर रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान २७ घटि १४ पला अर्थात १० घण्टा ५७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५१ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः४५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ९ः५० बजे र अस्ताउने समय साँझ १०ः५५ बजे रहेको छ । आज वसन्तपञ्चमी व्रत, सरस्वती पूजा गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेष : आज पनि समय खराब छ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।

वृष : आज पनि समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहनेछ ।

मिथुन : आज विवादित विषयबाट निचोड तपाइकै पक्षमा आउनेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँनयाँ काम गर्न सकिनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा सत्रुता राख्न चाहनेहरू आफै कमजोर हुनेछन् ।

कर्कट : आज पनि समय शुभ छैन । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधा प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

सिंह : आज पनि समय शुभ छैन । आफन्त तथा अग्रजसँग विवाद सर्जन हुनेछ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुनेछ ।

कन्या : आज पनि समय राम्रै रहनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ ।

तुला : आज समय र स्वास्थ्य राम्रो रहनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।

वृश्चिक : आज समय शुभ छैन, स्वास्थ्यमा समस्या आउन सक्छ । चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाबसम्बन्धी रोग एक्कासि देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुन सक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।

धनु : आज पनि समय खराब छ । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।

मकर : आज पनि समय राम्रो रहनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेकोेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्ना प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ ।

कुम्भ : आज समय भरोषाको छैन । यात्रामा झण्झट, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

मीन : आज पनि समय राम्रे छ । टाढाबाट नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ ।

साइत : सूर्य मकर राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले आज उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः५० बजेदेखि ८ः१२ बजेसम्म अमृत बेला
बिहान ८ः१२ बजेदेखि ९ः३३ बजेसम्म काल बेला
बिहान ९ः३३ बजेदेखि १०ः५५ बजेसम्म शुभ बेला
बिहान १०ः५५ बजेदेखि १२ः१७ बजेसम्म रोग बेला
दिनमा १२ः१७ बजेदेखि १ः३९ बजेसम्म उद्धेग बेला
दिनमा १ः३९ बजेदेखि ३ः०१ बजेसम्म चर बेला
दिनमा ३ः०१ बजेदेखि ४ः२२ बजेसम्म लाभ बेला
दिनमा ४ः२२ बजेदेखि ५ः४४ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः४४ बजेदेखि ७ः२२ बजेसम्म काल बेला
साँझ ७ः२२ बजेदेखि ९ः०० बजेसम्म शुभ बेला
राति ९ः०० बजेदेखि १०ः३९ बजेसम्म रोग बेला
राति १०ः३९ बजेदेखि १२ः१७ बजेसम्म उद्धेग बेला
राति १२ः१७ बजेदेखि १ः५५ बजेसम्म चर बेला
राति १ः५५ बजेदेखि ३ः३३ बजेसम्म लाभ बेला
रातिमा ३ः३३ बजेदेखि ०५ः११ बजेसम्म अमृत बेला
रातिमा ०५ः११ बजेदेखि ६ः४९ बजेसम्म काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

चौविसौँ आहा रारा पोखरा गोल्डकपको तयारी पूरा, विजेतालाई १२ लाख रुपैयाँ पुरस्कार

Next Post

आज सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी ‘श्रीपञ्चमी’ मनाइँदै

Next Post

आज सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी ‘श्रीपञ्चमी’ मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन