• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-१२ मा पनि शुरु भयो एचपीभी खोप अभियान

नीतिप्रेस by नीतिप्रेस
February 5, 2025
in नेपाली समाचार आजको, समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप अभियान पोखरामा जारी छ । मङ्गलबारदेखि पोखरा-५ बाट शुरु भएको अभियान दोस्रो पोखरा १२ मा भएको हो ।

पोखरा-१२ स्थित शीतलादेवी माविमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अभियान शुभारम्भ गरे । कार्यक्रममा मन्त्री पौडेलले पाठेघरको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान नेपाललाई भविष्यमा स्वस्थ बनाउन शुरु गरिएको बताए ।

उनले यो खोपबाट कोही पनि किशोरी बञ्चित हुन नदिन सबैले आआफ्नो ठाउँबाट प्रचार-प्रसार र सहयोग गर्न आग्रह गरे ।

मन्त्री पौडेलले भने, ‘देशैभर खोप र जनशक्ति पुगेकाले लक्षित वर्ग खोपबाट नछुटुन् भन्ने उद्देश्य सरकारको छ, निरोगी नेपाल बनाउन यसले सहयोग पुर्‍याउनेछ, भविष्यमा नेपाललाई स्वस्थ बनाउन अभियानले काम गर्नेछ ।’

अभियानका क्रममा पोखरा भित्रका करिब २३ हजार सात सय ४८ किशोरीलाई लगाइने छ । फाल्गुन ६ गतेसम्म महानगरका दुई सय ७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थामा तीन सय ४४ जना स्वास्थ्यकर्मी र छ सय ८८ जना स्वयंसेवक परिचालन गरी यो खोप अभियान सुरुवात गरिएको हो ।

विद्यालय उमेरका कक्षा ६ देखि १० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गर्न लागिएको हो ।

मन्त्रालयले निःशुल्क एचपीभी खोप अभियान आगामी फागुन ६ गतेसम्म देशभर सञ्चालन गरेको छ । कुल १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य सरकारको छ ।

नेपालमा पाठेघरको मुखमा हुने क्यान्सरको रोकथामका लागि १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपीभी खोप लगाउने, ३० वर्ष माथिका महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र पाठेघरको मुखको क्यान्सर रोग निदान भएका महिलाको नियमित उपचार गर्नेलगायतका प्रयास भइरहेको बताइन्छ ।

नेपालमा नसर्ने रोगको भार बढिरहेको छ । जसमा क्यान्सरको भार झन् बढ्दो छ । हरेक दिन छ जनामा पाठेघरको मुखको क्यान्सर देखिने र चार जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

Previous Post

कोटीहोमका नाममा काटिएका काठ-दाउरा पोखरा महानगरपालिकाद्वारा जफत [तस्बिर]

Next Post

आहा रारा पोखरा गोल्डकपमा मच्छिन्द्रको विजयी शुरुआत

Next Post
तस्बिर : सुदर्शन रञ्जित

आहा रारा पोखरा गोल्डकपमा मच्छिन्द्रको विजयी शुरुआत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन