पोखरा । पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष वडाध्यक्ष सन्तोष बास्तोलाले विश्व उच्च स्तरीय प्रविधिमा पुगिसक्दा पनि नेपालको शिक्षा प्रणालीमा अझै पनि प्रविधिको पहुँच पुग्न नसकेको बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविको वार्षिकोत्सवमा आयोजित फुड फेस्टिभल, चित्रकला प्रदर्शन र पुरस्कार वितरण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
अझै पनि विद्यार्थी र अभिभावकले शिक्षकलाई र शिक्षकले प्रणालीलाई द्वोष दिने गरिएको भन्दै उनले यस्तो अवस्थाले नेपालको शिक्षा प्रणाली कहाँ छ स्पष्ट हुने बताए ।
वडाध्यक्ष बास्तोलाले वडामा गुणस्तरीय, संस्कारयुक्त शिक्षाका लागि के के गर्न सकिन्छ भन्ने विषयमा यसअघि नै छलफल गरिएको र आगामी दिनमा पनि बहस गर्दै जाने बताए ।
पोखरा १२ का केही विद्यालयमा संस्कारयुक्त शिक्षा लागू भइसकेको भन्दै उनले सबै विद्यालयमा संस्कारयुक्त शिक्षा लागू गर्ने प्रयास भइरहेको उनले स्पष्ट पारे ।
विद्यालयले शिक्षा मात्र होइन संस्कारयुक्त र व्यवहारिक शिक्षा दिन आवश्यक रहेको वडाध्यक्ष बास्तोलाले बताए ।






