पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले वनमा आगो लगाउने दुई युवकलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं १४ आर्थरका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल छन् ।
प्रहरीका अनुसार उनीहरुले मंगलबार बिहान ११ः३० बजे आर्थरको बगालथोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएकाा थिए ।
उनीहरुलाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाइएको प्रहरीले जनाएको छ ।





