• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हेमराज पहारी स्मृति पुरस्कार कास्कीको सिर्जना साहित्य सदनलाई

नीतिप्रेस by नीतिप्रेस
February 13, 2025
in कला-साहित्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । हेमराज पहारी स्मृति पुरस्कार-२०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिने भएको छ ।

हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराको सोमबार बसेको बैठकले सिर्जना साहित्य सदनलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र ताम्रपत्र छ ।

प्रतिष्ठान सल्लाहकार एवं अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला संयोजक, हरिदेवी कोइराला, दुर्गाबहादुर शाह बाबा सदस्य तथा प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारी र सचिव महेन्द्र अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई प्रतिष्ठानको कार्यसमिति बैठकले अनुमोदन गर्दै सिर्जना साहित्य सदनलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

२०६७ सालमा स्थापित प्रतिष्ठानले सिर्जनालाई प्रदान गर्न लागेको यो पुरस्कार आठौँ हो । प्रतिष्ठानले यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ, विमल गुरुङ स्मृति पुस्तकालय धरान, पोखरास्थित लोककवि अली मियाँ (मरणोपरान्त), झरना साहित्य परिवार मकवानपुर, साहित्य सन्ध्या काठमाडौँ, साहित्यकार सरुभक्तलाई पुरस्कार अर्पण गरेको थियो ।

यही फागुन १६ गते सिर्जना साहित्य सदनको लाहाचोकस्थित भवनमै एक कार्यक्रम आयोजना गरी पुरस्कार अर्पण गरिने संस्थाकी अध्यक्ष रीता न्यौपाने पहारीले जानकारी दिइन् ।

साहित्यकार हेमराज पहारीको २०६६ फागुन १७ गते सडक दुर्घटनामा निधन भएको थियो । पहारीकै स्मृतिमा स्थापित प्रतिष्ठानले हरेक दुई वर्षमा पुरस्कार अर्पण गर्दै आइरहेको छ ।

पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरू’, नियात्रा सञ्चयन ‘उत्तरी गोलार्द्धको एक फन्को’ र कविता सञ्चयन ‘देशको अभिभारा’ प्रकाशित छन् ।

प्रतिष्ठानले पहारीका बाँकी सिर्जना प्रकाशन, उनका योगदान र सिर्जनाको प्रवर्द्धन एवं नेपाली साहित्यको उत्थानका लागि काम गर्दै आइरहेकाे छ ।

कास्कीको सिर्जना साहित्य सदन २०५४ देखि निरन्तर क्रियाशील छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थानसहित विभिन्न साहित्यिक गतिविधि गर्दै आएको सदनले हरेक वर्ष मुखपत्र ‘सिर्जना’ प्रकाशन गर्दै आइरहेको छ ।

Previous Post

बुधबार हल्का वर्षा भएको पोखरामा आजको मौसम कस्तो रहला ?

Next Post

आज ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

आज ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन