• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा नसर्ने रोगको पहिचान अभियान शुरु [तस्बिर]

नीतिप्रेस by नीतिप्रेस
February 13, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा आजदेखि नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान शुरु भएको छ । अभियान एक कार्यक्रमबीच नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले शुरुआत गरे । मन्त्री पौडेलकै रक्त परीक्षण एवं रक्तचाप परीक्षण गरी अभियान शुभारम्भ गरिएको थियो ।

उक्त अवसरमा मन्त्री पौडेलले उनले नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको बताए ।

मन्त्री पौडेलले यसैलाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगको पहिचान अभियानका रुपमा संचालन गर्ने निर्णय गरेको स्पष्ट पारे । 

जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक भएको भन्दै उनले यसरी नै बिरामी बढ्दै गएको अवस्थामा राज्यले जति लगानी गरे पनि प्रतिफल प्राप्त नहुने स्थिति रहेको जिकिर गरे ।

“जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक छ”, उनले भने, “निरोधात्मक क्षेत्रको कामलाई प्रभावकारी बनाउनका लागि अभियान सुरु गरिएको हो ।”

विशेषतः मधुमेह, उच्च रक्तचाप आदिका कारण धेरै स्वास्थ्य समस्या आउने जनाउँदै उनले ती समस्याको सुरुमा नै पहिचान भएमा अन्य रोग निम्तन नसक्ने बताए ।

सुरुमा नै समस्याको पहिचान भएमा त्यसबाट जटिलता ननिम्तने बताउँदै उनले ३० वर्ष माथिका सबै नागरिकको रोगको पहिचान आवश्यक भएको बताए ।

यस अभियानका लागि तीनवटै तहका सरकारबीच समन्वय आवश्यक हुने बताउँदै उनले फागुन महिनाभर यो अभियान सञ्चालन हुने जानकारी दिए । यो अभियान प्रत्येक वर्ष फागुन महिनामा सञ्चालन गरिने उनको भनाइ छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमल्सिना, पोखरा महानगरपालिका-८ का वडाध्यक्ष रुद्रनाथ बराल, स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत तेजाखर लम्साललगायतले अभियानले नसर्ने रोगको पहिचानमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताएका थिए ।

तस्बिर

Previous Post

पाँच पटककाे उपाधि विजेता थ्रीस्टार उज्वेकिस्तानी क्लबसँग निरीह

Next Post

कोटीहोम सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालतको आदेश

Next Post

कोटीहोम सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालतको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन