पोखरा । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ ।
बिहीबार सम्पन्न खेलमा लेबनानलाई १-० गोलअन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमार पनि एक खेलअगावै फाइनलमा प्रवेश गरिसकेको छ ।
नेपालको जितमा सावित्रा भण्डारी नायक बनिन् । खेलको ४२औँ मिनेटमा सावित्राले प्रहार गरेको बल लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यस नतिजासँगै नेपालले ६ अङ्क बटुलेको छ ।
बिहीबार भएको पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० गोलअन्तरले पराजत गरेको थियो ।
चार देश सहभागी प्रतियोगितामा नेपालले यही फागुन ११ गते म्यानमारसँग खेल्नेछ । खेल साँझ ६ बजे हुनेछ ।
सोही दिन दिउँसो २ बजे हुने पहिलो खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुने बताइएको छ ।




