• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इन्जिनियरका लागि व्यवसायिक कार्यशाला सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
February 25, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा । नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश र बर्जर्स पेन्ट्सको साँझेदारीमा इन्जिनियरलाई लक्षित गरी आयोजित व्यवसायिक कार्यशाला सम्पन्न भएको छ।

यही फागुन ९ र १० गते युएभी फोटो मापन विधि तथा जीएनएसएस प्रयोग गरी भूमि सर्वेक्षणका लागि व्यवसायिक प्रशिक्षण सञ्चालन गरिएको थियो भने फागुन ११ र १२ गते सिभिल इन्जिनियर तथा आर्किटेक्चर अन्तिम वर्षका विद्यार्थीका लागि कार्यशाला पोखरा इन्जिनियरिङ्ग कलेजमा भएकाे हाे ।

कार्यक्रम सोसाइटी अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सिज पोखरा (सेकोन), नेपाल भ्यालुयर्स एसोसिएसन गण्डकी प्रदेश, सोसाइटी अफ नेपाली आर्किटेक्टस् (सोना), संघीय आयोजना कार्यान्वयन इकाई कास्की, नेपाल विद्युत् प्राधिकरण कास्की र नापी कार्यालय कास्कीको प्राविधिक सहयोग तथा गण्डकी जीआई वारको आर्थिक सहयोगमा आयोजना गरिएको थियो।

कार्यशाला समापनमा एशोसिएसनका अध्यक्ष ई. सन्तोष जिसीले विद्यार्थीलाई नगरपालिका नियमावली, घरायसी विद्युत् सुरक्षा, सम्पत्ति मूल्याङ्कन, सरकारी रङ कोड तथा भूमि सर्वेक्षणसम्बन्धी कार्यशालाले उनीहरूको सीप अभिवृद्धि गर्न मद्दत गर्ने बताए।

कार्यक्रममा बर्जर्स पेन्ट्सका प्रतिनिधि विजय सुवेदीले पेन्ट्स तथा सरकारी रङ कोडबारे जानकारी गराएका थिए।

त्यस्तै, नगरपालिका नियमावली सम्बन्धमा ई. किसान सिंह गुरुङ, सम्पत्ति मूल्याङ्कन सम्बन्धमा ई. राजेश भट्टराई, घरायसी विद्युत् सुरक्षा सम्बन्धमा ई. अजेश अखेली तथा नेपालमा वास्तुकलाको महत्त्वबारे आर्किटेक्ट लुना थापाले प्रशिक्षण प्रदान गरेका थिए । साथै युएभी फोटो मापन विधि तथा जीएनएसएस प्रयोग गरी भूमि सर्वेक्षण सम्बन्धमा ई. सूर्य अधिकारीले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा उपाध्यक्ष ई. विशाल थापा, सदस्य ई. महेन्द्र पौडेल, ई. संजयराज तिमिल्सिना, ई. मनोज गिरी, ई. निरोज घिमिरे, ई. रोचक क्षेत्रीलगायतले बाेलेका थिए।

एशोसिएसनका अध्यक्ष ई. सन्तोष जिसीको अध्यक्षतामा, सचिव ई. निरोज लामिछानेकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा पोखरा इन्जिनियरिङ्ग कलेज, पश्चिमाञ्चल क्याम्पस र स्कूल अफ इन्जिनियरिङ्ग पोखरा विश्वविद्यालयका ६० भन्दा बढी विद्यार्थीको सहभागिता रहेकाे सदस्य ई. महेन्द्र पौडेलले जानकारी दिए।

Previous Post

आज अमृत र काल बेला परेको छ, श्रीगणेशको प्रिय दिनमा राशिफल कस्तो होला ?

Next Post

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन