पोखरा । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र म्यानमार भिडिरहेका छन् ।
दशरथ रंगशालाको मैदानमा भइरहेको खेल जितेर नेपाल इतिहास रच्न आतुर देखिएको छ । तर नेपालले गोल भने गर्न सकेको छैन । मध्यान्तरसम्म गोलरहित बराबरीमा खेल सकिएको छ ।
नेपालले गोल गर्ने आधा दर्जन अवसर खेर फालेको थियो । नेपाल हावी भए पनि गोल गर्न नसक्दा अग्रता लिन चुकेको हो ।
नेपाल अहिलेसम्म १३ ओटा प्रतियोगिताको फाइनलमा पुगेको भए पनि उपाधि भने जित्न सकेको छैन ।
यसपालि घरेलु मैदानमा नेपाललाई उपाधि जित्ने सुनौलो अवसर रहेको छ । तर आफूभन्दा निकै माथिको वरीयताको नेपाललाई जित्न सहज भने छैन ।
कीर्गिस्तान र लेबननसमेत रहेको प्रतियोगिताबाट दुवै टिम भने शीर्ष दुईमा पर्न नसक्दा फाइनल सम्भावनाबाट बाहिरिएका थिए ।
नेपाल र म्यानमारले दुवै टिमलाई पराजित गर्दै फाइनलमा स्थानमा बनाएका हुन् । लिग चरणमा दुवै टिमले आपसमा २–२ गोलको बराबरी खेलेका थिए ।
सो बराबरीका कारण नेपालको मनोबल बढेको छ । म्यानमार फिफाको वरीयतामा ५५ औँ स्थानमा रहेको छ भने नेपाल १०३ औँ स्थानमा रहेको छ ।
दुई टिमबी आपसमा ५ खेल भएकामा ३ खेल म्यानमारले जितेको थियो भने २ खेलमा बराबरी भएको थियो ।






