• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जिसस गण्डकीका पदाधिकारीलाई क्षमता विकास तालिम

नीतिप्रेस by नीतिप्रेस
March 4, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वयमा गण्डकी प्रदेशका ११ जिल्लाका पदाधिकारी तथा सदस्यका लागि दुई दिने क्षमता विकास तालिम शुरु भएको छ ।

तालिमको जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाधर पौडेलले उद्घाटन गरेका थिए ।

पौडेलले समन्वय र अनुगमनलाई थप सहयोग र सहजीकरणसहित क्षमता विकास गर्ने उद्देश्यले विगत तीन बर्षदेखि लगातार तालिम आयोजना गरिएको भन्दै प्रभावकारी र सक्रियताका साथ सहभागी हुन आग्रह गरे ।

पौडेलले क्षमताको विकास निरन्तर हुनुपर्ने बन्दै समयानुकूल परिमार्जित र परिस्कृत तवरले कार्य सम्पादनमा तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठानको स्थापना कालदेखि करिब १८ हजार कर्मचारी र जनप्रतिनिधिलाई क्षमता विकासका तालिम संचालन गरिएको जानकारी दिदै तालिम प्रभावकारी कार्यक्षमतामा उपयोगी भएको उल्लेख गरे ।

प्रशिक्षणमा जिल्ला समन्वय समितिको काम कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था र यसको कार्यान्वयनको अवस्था, अनुगमन तथा मूल्यांकन सम्बन्धित कानूनी व्यवस्था विकास र यसमा आएको परिवर्तन र जिससको भूमिका विषयमा जानकारी गराइएको थियो ।

यसैगरी स्थानीय तहको योजना तर्जुमा र कार्यान्वयन प्रक्रिया र जिससको भूमिका, शासकीय क्षमता अभिवृद्धिका आयाम र जिसस को भूमिका, सुशासनका औजार, अनुगमन तथा मूल्यांकनका औजार, स्थानीय आर्थिक विकासको अवधारणा र जिससको भूमिका विषयमा प्रशिक्षण हुनेछ ।

गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखसहित सदस्य सहभागी प्रशिक्षणमा नेपाल सरकारका पूर्व सचिवद्वय काशीराज दाहाल र रेश्मीराज पाण्डेसहितले सहजीकरण गरेका छन् ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपसचिव नारायण प्रसाद पौडेलले स्वागत र संचालन शाखा अधिकृत जीतबहादुर रानाले गरेका थिए ।

Previous Post

आज ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

पोखरा-१३ मा रोजगार तथा शैक्षिक सामग्री प्रदर्शनी

Next Post

पोखरा-१३ मा रोजगार तथा शैक्षिक सामग्री प्रदर्शनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन