पोखरा । पोखरा महानगरपालिका वडा नं १३ ले रोजगार तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गरेको छ ।
आज बिहान १० बजे शुरु भएको कार्यक्रम पूर्वान्ह ४ बजे समापन हुने वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
वडा कार्यालय परिसरमै आयोजना गरिएको कार्यक्रममा वडाभित्रका विद्यार्थी, वडावासी सहभागी छन् ।
‘शैक्षिक उन्नयन र रोजगारीको खोजीमा एक कदम अगाडि’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।






