पोखरा । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।
आइतबार राति हृदयाघात भएपछि उनलाई नर्भिक अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो । लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो ।
उनको स्वास्थ्यमा क्रमिक सुधार भएकोले आजदेखि वार्डमा सारिएको अस्पतालले जनाएको छ ।
शाहलाई पटकपटक हृदयाघात बल्झिएकाले चिकित्सकको विशेष निगरानीमा केही दिन अस्पतालमै राखेर उपचार गरिने बताइएको छ ।
शाहको उपचारमा डाक्टर यादव भट्ट नेतृत्वको टोलीले सक्रिय छ ।
शाह केही दिन अघि पोखरा आएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह हाल पोखरामै छन् ।
उनले पोखरा र स्याङ्जाका विभिन्न मठमन्दिरको भ्रमण गरिरहेका छन् ।






