• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अन्तर्राष्ट्रिय नारी दिवसमा पोखरामा प्रभातफेरी

नीतिप्रेस by नीतिप्रेस
March 8, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। एक सय १५औँ अन्तर्राष्ट्रिय नारी दिवसमा अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समिति गण्डकी प्रदेशले पोखरामा प्रभातफेरी आयोजना गर्‍यो।

पोखराको जिरो किलोमिटरबाट शुरु भएको प्रभातफेरी पृथ्वीचोकमा पुगेर समापन गरिएको थियो। प्रभातफेरीमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, सुरक्षाकर्मी, मानवअधिकारकर्मी, सामाजिक अभियान्ता र विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा मन्त्री थापाले महिला आन्दोलनले विश्वभर ल्याएको परिवर्तन एवं प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। हाम्रो समाजलाई थप न्यायपूर्ण, समान र सशक्त बनाउँदै लैङ्गिक समानता स्थापनाको ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउँदै आएको र प्रदेश सरकारले समेत उक्त अवसरमा कार्यक्रमको आयोजना गर्दै आएको उनले बताए।

मन्त्री थापाले नेपालमा दशकौं लामो राजनीतिक आन्दोलनको परिणामस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल भएको बताए। संविधानमार्फत महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न गरिएका कानूनी व्यवस्थाको चर्चा गर्दै उनले मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको उल्लेख गरे।

“पछिल्ला वर्षमा नेपालले लैङ्गिक समानताका विभिन्न सूचकमा प्रगति गरिरहेका छ, यसलाई थप परिणाममुखी बनाउन महिला सशक्तीकरण, आर्थिक, सामाजिक र संरचनात्मक रुपान्तरण अति आवश्यक छ”, उनले भने।

मन्त्री थापाले स्वदेशमा महिला समान कामका लागि समान पारिश्रमिक नपाउने, महिला भएकै कारण हिंसामा पर्ने, रोजगारीका लागि विदेशिनुपर्ने जस्ता समस्या विद्यमान रहेको उल्लेख गर्दै यी समस्या समाधान गर्न कानूनी, नीतिगत र व्यवहारिक सुधार आवश्यक रहेको बताए।

महिला सशक्तीकरण, सहभागिता र समानताको विषय केवल महिला सरोकारको विषय नभई यसका लागि हामी सबैको समान र सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ। उनले महिला अधिकार सुनिश्चित गर्न, प्रभावकारी कानूनी सुधार र नीति लागू गर्ने गरी प्रदेश सरकार अघि बढेको जानकारी दिए ।

महिलाका लागि उद्यमशीलता, स्वरोजगार र सीप विकास कार्यक्रम सञ्चालन गरी महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण, अनुदान र बजार पहुँच सुनिश्चित गर्ने बाटोमा प्रदेश सरकार अग्रसर रहेको उनले बताए ।

बालिका शिक्षामा जोड दिँदै शैक्षिक संस्थामा लैङ्गिक मैत्री वातावरण निर्माण गर्ने र प्राविधिक शिक्षा र व्यावसायिक तालिममार्फत महिलालाई आत्मनिर्भर बनाउने प्रतिबद्धता मन्त्री थापाको छ।

गण्डकी प्रदेश सरकारले महिलामैत्री स्वास्थ्य सेवा विस्तार गर्दै गर्भावस्था, प्रसूति र मानसिक स्वास्थ्य सेवामा विशेष ध्यान दिएको उनले उल्लेख गरे।

उनले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैलाई थप ऊर्जा र उत्साह प्राप्त होस् भन्ने कामना गरेका छन्।

राष्ट्रिय मानवअधिकार आयोग पोखराका प्रमुख नीतु गड्तौलाले समानता र महिला अधिकार प्रत्याभूत हुने कुरामा सबैको जोड हुनुपर्ने खाँचाे औँल्याइन् ।

Previous Post

मोटरसाइकलको ठक्करबाट घरको पिंढीमा बसेर खाना खाइरहेका कार्कीको मृत्यु, चालक गम्भीर

Next Post

पोखराकाे त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट शुरु

Next Post

पोखराकाे त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन