• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज दुई पटक शुभ बेला परेको छ, श्रीविष्णुको प्रिय दिनमा राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
March 13, 2025
in धर्म/संस्कृति, समाचार
0
आज दुई पटक शुभ बेला परेको छ, श्रीविष्णुको प्रिय दिनमा राशिफल कस्तो होला ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ फागुन २९ गते बिहीबार, इस्वीसंवत मार्च १३ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको चतुर्दशी तिथि बिहानमा १०ः३२ बजेसम्म त्यसपछि पूर्णिमा तिथि लाग्नेछ । नक्षत्रमा पूर्वाफाल्गुनी भोलि बिहानमा ६ः२ बजेसम्म त्यसपछि उत्तराफाल्गुनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा धृति १७ घटि ३३ पलासम्म त्यसपछि शूल लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा गद रहनेछ ।
सूर्य कुम्भ राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २९ घटि ४२ पला अर्थात ११ घण्टा ५५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः१८ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः११ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ५ः२७ बजे र अस्ताउने समय भोलि बिहानमा ५ः४३ बजे रहेको छ । आज फागुपूर्णिमा पर्व परेको छ ।

आजको राशिफल

मेषः आजको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुन सक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथा बैंक ब्यालेन्स बढ्ने छ । परोपकार आदि समाज सेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसक बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोली वचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग र माँ जगद्कालीको सेवा आराधना तथा श्रद्धाभक्ति शुभकर हुनेछ ।

बृषः आजको दिन बाधा ब्याबधानको बाबजुत पनि सकारात्मक लिन सकिन्छ । अल्लि बढी ईच्छाएको काम प्रभावित हुनेछ । रपनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशीयालीप्रद पनि रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्नसक्ने छ, स्वास्थ्यको भने विचार पुर्याउनु पर्ला । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि मिल्न सक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको बारेमा विचारविमर्श हुनसकने छ । पेशागत कामकार्यबाट लाभ एवम् सफलता मिल्नेछ । प्रेमसम्बन्ध गाँसिने तथा जोडिएको सम्बन्ध मजबुत बन्नेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्ग र अढैया शनिश्चरको दुष्प्रभावलाई कम गर्ने उपाय अवलम्बन गर्नु शुभप्रद हुनेछ ।

मिथुनः आजको दिन काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै पर्न सक्नेछ । आफ्नो काममा भन्दा अरुकै काममा समय दिनपर्ने, गरेको काममा अपयश मिल्ने जस्तो पर्न सक्नेछ । मानप्रतिष्ठामा ह्रास, खर्च बढ्ने तथा कार्यमा असफल गराउने चक्रव्यूह चल्नसक्ने छ । अनावश्यक घुमफिर हुनसक्ने, कामकार्यमा अबरोध आउन सक्ने तथा अस्वस्थता बढ्ने र मानसिक उद्दिग्नता हुनसक्ने छ । कामकुरो नबुझि बहकावमा आएर अनर्थ परिश्रम नगरेकै राम्रो हुनेछ । स्वकर्ममा लगनशील भएर सद्प्रयासरत रहनाले भने प्रतिकूलता कम हुन गई केही लाभ हातपार्न सकिनेछ, आत्मबल नगुमाउनु उचित हुनेछ । आज तपाईँको लागि तीन अङ्क, पहेंलो रङ्गको प्रयोग र देवी भगवतीको भक्तिभाव गर्नु शुभप्रद हुनेछ ।

कर्कटः आजको दिन सत्कर्मबाटै आय–आम्दानी गर्न सकिने छ । अन्यान्य कमाइतर्फ बुद्धि फिराउँदा हुने आम्दानी पनि फुत्कने र पछुतो पर्नसक्ने छ । कुधनको चेष्टाप्रति आत्मसंयमको जरुरी देखिन्छ । अपेक्षा तथा आश्वासन गरेको तर्फबाट हुने उपलब्धि नहुँदा अल्लि खल्लो महसूस हुनसक्ने छ । तथापि सामान्यतया दैनिक कामकार्य एवं पेशागत व्यवसायिक गतिविधि चालुनै रहनेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको उपयोग र माँ नवदुर्गा भगवतीको साथमा इन्द्रायणी देवीको भक्ति आराधना गर्नाले ग्रहको बाधक दोष कम भई केही उपलब्धि हुनसक्नेछ ।

सिंहः आजको दिन सुधारोन्मुख एवं अनुकूलप्रद देखिएको छ । पेशा एवं व्यवसायिक क्षेत्रमा राम्रो उन्नती हुनसक्ने छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । वचस्व स्थापित हुनेछ । ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । अवसरको सदुपयोग गर्नाले राम्रो उपलब्धि हातपार्न सकिनेछ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ जसको सदुपयोग गर्नक्नु बुद्धिमानी हुनेछ । आज तपाईँले मान्यजनको दर्शन भेट् र आशिर्वाद लिनु उपयुक्त हुनेछ ।

कन्याः आजका दिन यद्यपि दिनलाई सकारात्मक नै मान्नसकिन्छ तथापि मुख्य कार्यमा अदृष्य रोकावट तथा बाधाब्याबधान आउनसक्ने कुरालाई गोचरले देखाइरहेको हुनाले त्यसको निवारणको लागि गणेशभक्ति हितकर हुनेछ । सामान्यतया ढुकुटीमा खजाना तथा धन दौलत जम्मा हुनेछ । वाणी सिद्धिकर दिन परेकोले मान्छेहरुलाई बोलीवचन तथा तर्क आदिले प्रभाव पार्न र समर्थन लिनसकिने देखिन्छ । आफन्तहरूबाट सहयोग पनि मिल्ने र उत्साह तथा उमङ्गमा बृद्धि हुनेछ । केहीहद्सम्म व्यवसायिक प्रगति भई धन–सम्पत्तिको संग्रह पनि हुनेछ ।

तुलाः आजको दिन त्यति प्रभावकारी छैन । साविकभन्दा बढी संघर्ष गर्नुपर्ने छ । स्वास्थ्यमा समस्या पर्नसक्ने सम्भावना पनि छ । आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । खर्चमा बृद्धि हुने र कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । प्राप्त आश्वासन पूरा हुननसक्ने भएकोले बढी अपेक्षा नगरेकै उचित हुनेछ । कुरो नबुझि हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । संघर्ष नै परेपनि विवेकपूर्ण तरिकाले स्वकर्मलाई समय दिनाले केही उपलब्धि भने हुनसक्ने छ ।

बृश्चिकः आजको दिन जीवन साथी वा प्रेमिको गुनासाको सामना गर्नपर्नेछ । तथापि आमोद–प्रमोद तथा विलासवृतिप्रद दिनचर्या व्यतित हुनेछ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ होस पुर्याउनु पर्ला । व्यवसाय तर्फ सामान्यभए पनि उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुन पाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । आज यहाँको लागि सात अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ भने साढेसाती शनिको दुष्प्रभाव भोगिरहनु भएको यहाँले शनिशान्तिको कुनै उपाय अवलम्बन गर्नु शुभप्रद हुनेछ ।

धनुः आजको दिन धेरै तर्फबाट अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक क्षमतामा बृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउन सकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्रको लागि हिम्मत र साहस बढ्ने छ । साढेसाती शनिको दुष्प्रभावलाई कम गर्न शनिमहाकालको स्तुति गर्नु थप सफलताकार हुनेछ ।

मकरः आजको दिन ग्रह गोचरलाई सकारात्मक हो तर पनि आफ्नै अहंताले सफलताको मुखमै पुगेको काम रोकिने सम्भावना छ । घमण्ड तथा प्रमाद् नगर्नु बुद्धिमानी हुनेछ । शक्ति तथा विद्याको अहं योजना बनाए पनि गोचरले त्यति साथ दिएको देखिँदैन । काम नभई नबोलेको उचित हुनेछ । विश्वासघातको पनि सम्भावना पनि छ, होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । भाका तथा आश्वासन पूरा हुन गार्हो परेपनि संयमपूर्वक स्वाध्याय तथा स्वकार्यरत रहनाले लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्न सक्ने छ । आज यहाँलाई पाँच अङ्क, रातो एवं सेतो रङ्गको प्रयोग र गोचर बाधालाई न्यूनताको लागि गौरीनन्दन श्रीगणेशको साथमा शनि महाकालेश्वरको श्रद्धाभक्ति एवं स्तुति गर्नाले केही हद्सम्म राहत मिल्न सक्नेछ ।

कुम्भः आजको दिन छलफल तथा बहस आदिमा मत बाझिने र असमझ्दारी हुन सक्नेछ । सहकर्मी तथा मित्रवर्गसँग पनि द्वन्द हुन सक्ने र चलिरहेको कार्यमा अबरोध आउन सक्ने छ, त्यस्तै छरछिमेकी तथा हितैषीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने खालको गोचर रहेको छ । मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । मातृशक्तिको आज्ञा वा आशिर्वाद लिएर अघि बढ्नुले कुनै तर्फबाट आकस्मिक उपलब्धि एवं लाभ हुनेछ । सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रमा सफल हुन सकिनेछ ।

मीनः आजको दिन शारीरिक क्षमता तथा जोश जाँगर बढ्ने छ । राम्रो उद्यम सम्पादन हुने, प्रतिस्पर्धाजन्य कार्यमा सफलता मिल्नेछ । दैनिक कामकार्य तथा पेशको क्षेत्रबाट राम्रो फाइदा उठाउन सकिने छ । कार्यक्षेत्रमा विशेष रुचि बढ्ने छ । महत्वपूर्ण कार्ययोजना अगाडि बढाउनसकिने छ । आफन्तसँग भेटघाट हुने र सहयोग मिल्ने छ । व्यवसायिक क्षेत्रबाट लाभ पनि गर्नसकिने छ । मुख्य एवम् महत्वपूर्ण काममा साथ सहयोग पनि प्राप्त हुनेछ । आज तपाईले तेस्रो संख्या, हरियो रङ्गको प्रयोगको साथमा भगवान हनुमानको सेवा श्रद्धा गरी आशिर्वाद लिनु शुभदायक हुनेछ ।

साहित (यात्रा): सूर्य कुम्भ राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः१८ बजेदेखि ७ः४७ बजेसम्म शुभ बेला
बिहान ७ः४७ बजेदेखि ९ः१६ बजेसम्म रोग बेला
बिहान ९ः१६ बजेदेखि १०ः४५ बजेसम्म उद्धेग बेला
बिहान १०ः४५ बजेदेखि १२ः१४ बजेसम्म चर बेला
दिनमा १२ः१४ बजेदेखि १ः४२ बजेसम्म लाभ बेला
दिनमा १ः४२ बजेदेखि ३ः११ बजेसम्म अमृत बेला
दिनमा ३ः११ बजेदेखि ४ः४० बजेसम्म काल बेला
दिनमा ४ः४० बजेदेखि ६ः०९ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः०९ बजेदेखि ७ः४० बजेसम्म रोग बेला
साँझ ७ः४० बजेदेखि ९ः११ बजेसम्म उद्धेग बेला
राति ९ः११ बजेदेखि १०ः४२ बजेसम्म चर बेला
राति १०ः४२ बजेदेखि १२ः१३ बजेसम्म लाभ बेला
राति १२ः१३ बजेदेखि १ः४४ बजेसम्म अमृत बेला
राति १ः४४ बजेदेखि ३ः१५ बजेसम्म काल बेला
रातिमा ३ः१५ बजेदेखि ४ः४६ बजेसम्म शुभ बेला
रातिमा ४ः४६ बजेदेखि ०६ः१७ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

पोखरामा कार्वन व्यापार परियोजनासम्बन्धी कार्यशाला

Next Post

आज फागुपूर्णिमा मनाइँदै

Next Post
आज फागुपूर्णिमा मनाइँदै

आज फागुपूर्णिमा मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन