पोखरा । नेपाली राष्ट्रिय फुटबल टिमले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ ।
नेपाल र सिंगापुरबीचको खेल शुक्रबार साँझ नेपाली समयअनुसार ६ः१५ बजे शुरु हुनेछ । खेल सिंगापुर नेसनल स्टेडियममा हुनेछ । नेपाली टोली पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको हो ।
मुख्य प्रशिक्षक म्याट रोसले शुक्रबारको रातको पर्खाईमा रहेको भन्दै सिंगापुरविरुद्ध आफ्नो बेस्ट टिम नै खेलाउने बताएका छन् ।






