पोखरा । गण्डकी प्रदेशमा साइक्लिङ संघ गठन भएको छ ।
प्रदेश खेलकुद विकास ऐन २०७७ तथा प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार अशोक चालिसेको अध्यक्षतमा संघ गठन गरिएको हो ।
समिति उपाध्यक्षमा प्रमिला गुरूङ र भीमबहादुर सुनार छन् । यस्तै महासचिवमा वामन चालिसे, सचिवमा अमिर थापा, कोषाध्यक्षमा रविश्वर आचार्य छन् ।
कार्यसमिति सदस्यमा पदमबहादुर घले, लक्ष्मण थापा, ध्रुवराज प्रधान र शौरभ पाठक छन् ।
भेला प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठकको अध्यक्षतामा भएको हो ।
सो अवसरमा पाठकले संघको गठनले आशन्न दशौं राष्ट्रिय खेलकुदको तयारीसँगै प्रदेशमा साइक्लिङ खेलको विकासका लागि योजनावद्ध रुपमा बढ्न सहज हुने बताए ।






